काठमाडौँमा महिलाको हत्या, हातमुख बाँधेको अवस्थामा शव फेला


नेपाल पाना प्रकाशित: २०७६-६-१ गते
काठमाडौँमा महिलाको हत्या, हातमुख बाँधेको अवस्थामा शव फेला

काठमाडौँ । कपन तेन्जिङ चोकमा महिलाको शव फेला परेको छ । सोही स्थानमा डेरा गरि बस्ने ४० वर्षीय कमला कार्कीको शब प्रहरीले फेला पारेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्ध र प्रभाग कपनबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार कमलाको हात मुख बाँधेको अवस्थामा शव फेला परेको हो । 

बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहले प्रारम्भीक अनुसन्धान सुरु भएको बताए । उनका अनुसार दोस्रो विवाह गरेर कपनमा बस्दै आएकी कमले सोही स्थान किराना र मदिरा पसल चलाउदैं आएकी थिईन् ।

उनले कमलाको हत्या भएको पुष्टि भएपनि कसरी हत्या गरियो खुली नसकेको बताए ।  प्रहरीका अनुसार घटनाबारे थप विवरण खोजी भइरहेको छ ।


शिवरात्रीको अवसरमा शुक्रबार सार्वजनिक बिदा
शिवरात्रीको अवसरमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ ।  नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो । शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्य..

‘चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैन’
‘चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैन’

काठमाडौं । चीनबाट उद्दार गरी ल्याइएका नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वुहानबाट ल्याइए..

ठेकेदारलाई मार्ने धम्कि दिने पासलाल पक्राउ
ठेकेदारलाई मार्ने धम्कि दिने पासलाल पक्राउ

काठमाडौं । ठेकेदारलाई ज्यान मार्ने धम्की दिनेलाई प्रहरीले पक्राउ गरेको छ । बलेफी हाइड्रोवापरमा काम गर्ने ठेकेदारलाई मार्ने धम्कि दिने पासलाल तामाङलाई प्रहरीले पक्राउ गरेको..

बिना अनुमति सन्चालित तीन उद्योग बन्द गर्न निर्देशन
बिना अनुमति सन्चालित तीन उद्योग बन्द गर्न निर्देशन

बनेपा ।  जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समितिले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको..