यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल


नेपाल पाना प्रकाशित: २०७६-६-१ गते
यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल

काठमाडौं । कलकत्ताकी सीताकुमारी दासले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन् । जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो ।

एकदिन राजुले उनलाई भागेर पशुपति जाने योजना सुनाए । पहिले यो योजना सुनेर उनलाई डर लाग्यो । पछि उनलाई लाग्यो, अर्को बाटो छैन । किनकी घरपरिवारले उनको प्रेमलाई स्वीकार गरेको थिएन ।

सीता मन्जुर भइन् । तीन महिनाअघि उनी राजुसँगै पशुपति आइन् । सीताको लागि काठमाडौं नौलो थियो । उनी प्रेमीसँग केही दिन काठमाडौं घुमिन् । केही दिनको बसाइ रमाइलो भयो । तर यो रमाइलो धेरै टिक्न सकेन । काठामाडौं बसाइले अचानक अकल्पनीय मोड लियो । जुन सीताले सपनामा पनि सोचेकी थिइनन् ।

एकदिन राजु सीतालाई छोडेर बेपत्ता भए । उनी एक्लै भइन । कलकत्तासम्म पुग्‍ने बाटो खर्च पनि उनीसँग भएन । ‘म पशुपतिमा बसेर रोइरहें, मन्दिर वरिपरी घुम्थें तर राजु आएन, एकदिन बेलुकी पख म गौशाला नजिकै बसिरहेकी थिएँ ।

केही केटीहरु पुरुषसँग कुरा गरेपछि मोटरमा चढेको देखें’, सीता भन्छिन्, ‘अनि मलाई थाहा भो । यी केटीहरु पैसा यसरी कमाउँदा रहेछन् ।

अनि वाध्याताले सीतालाई यही बाटोमा डोहोर्‍यायो । एकदिन पशुपति नजिकै सडकमा बसिरहेका बेला उनलाई एक भारतीयले जाउँ भनेपछि उनी तयार भइन् । त्यस दिनदेखि सीता देहव्यापारमा संग्लग्‍न छिन् ।

‘म बाध्यताले यस्तो काममा लागेकी हुँ, पैसा सकिएपछि धेरै ठाउँमा गएर काम मागेँ तर काम पाइनँ’, उनी थप्छिन्, ‘यो काममा लागेपछि पैसा आयो, केही पैसा जम्मासमेत गरेकी छु ।’

देहव्यापारमा संलग्‍न भएको अवस्थामा उद्धार गरिएकी सीता अहिले माइती नेपालमा छिन् । उनी नेपाली बुझ्छिन् तर राम्रोसँग बोल्न जान्दिनन् । सोमबार बेलुका माइती नेपाल र महानगरीय प्रहरी वृत गौशालाको संयुक्त टोलीले सीतासहित ६ जना यौनकर्मीलाई पशुपति क्षेत्रबाट नियन्‍त्रणमा लिएको हो ।

उनीहरूले यही क्षेत्रलाई आफ्नो यौन व्यापारको केन्द्र बनाएको तथ्य खुलेको छ । खासगरी भारतीय पर्यटकलाई लक्षित गरेर यस क्षेत्रमा यौन व्यापार गर्ने ठूलो गिरोह सक्रिय रहेको देखिएको छ । धार्मिक क्षेत्रमा यस्तो धन्दा हुन नदिन स्थानीय प्रहरी र सामाजिक संस्थाको संयुक्त प्रयासमा निगरानी अभियान चलाइएको छ ।

दर्शनार्थी नै ग्राहक
पशुपति क्षेत्रमा चलिरहेको देह व्यापारका ग्राहकमध्ये सबैभन्दा धेरै भारतीय दर्शनार्थी हुने गरेको तथ्यसमेत खुलेको छ । यस कामका लागि यहाँका होटल प्रयोग हुने गरेका छन् । होटेलमा दलाल जाने गरेको र त्यहाँ रकम निश्‍चित भएपछि यौनकर्मी पठाउने गरिएको उद्धार गरिएका महिला बताउँछन् ।

कतिपय केटीले ग्राहकसँग डिल गर्दा होटेलको व्यवस्थासमेत आफै गर्ने भनेर बढी रकम लिने गरेका छन् । ९व्यक्तिगत गोपनीयतालाई ख्याल गर्दै समाचारमा प्रयोग भएका महिलाका नाम परिवर्तन गरिएको छ० । यो समाचार आजको अन्नपूर्णपोष्टले प्रकाशित गरेको छ । 


शिवरात्रीको अवसरमा शुक्रबार सार्वजनिक बिदा
शिवरात्रीको अवसरमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ ।  नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो । शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्य..

‘चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैन’
‘चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैन’

काठमाडौं । चीनबाट उद्दार गरी ल्याइएका नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वुहानबाट ल्याइए..

ठेकेदारलाई मार्ने धम्कि दिने पासलाल पक्राउ
ठेकेदारलाई मार्ने धम्कि दिने पासलाल पक्राउ

काठमाडौं । ठेकेदारलाई ज्यान मार्ने धम्की दिनेलाई प्रहरीले पक्राउ गरेको छ । बलेफी हाइड्रोवापरमा काम गर्ने ठेकेदारलाई मार्ने धम्कि दिने पासलाल तामाङलाई प्रहरीले पक्राउ गरेको..

बिना अनुमति सन्चालित तीन उद्योग बन्द गर्न निर्देशन
बिना अनुमति सन्चालित तीन उद्योग बन्द गर्न निर्देशन

बनेपा ।  जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समितिले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको..