मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: सभापति देउवा


नेपाल पाना प्रकाशित: २०७६-६-१ गते
मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । 

पद्यकन्या क्याम्पसको ६९ औं बार्षिकोत्सवको आज काठमाडौमा उद्घाटन गर्दै सभापति देउवाले सबै राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड दिएका हुन् ।उनले लामो संघर्षपछि प्राप्त उपलब्धिको संरक्षण गर्न सबै राजनीतिक दल एक हुनु पर्नेमा जोड दिए । लोकतन्त्रको सुदृढिकरण गर्दै जनचाहना अनुसारको काम गर्ने प्रतिवद्धता राजनीतिक दलले गर्नुपर्ने बताए । उनले सरकारका कारण मुलुकमा अराजकता र भ्रष्टाचार मौलाउँदै गएको आरोपसमेत लगाए ।

सभापति देउवाले महिलामैत्री संविधान निर्माण भएको र मुलुकको समृद्धिको लागि महिला पुरुषको समानता अनिवार्य रहेको बताए । क्याम्पस प्रमुख धनप्रसाद पण्डितले शिक्षाको क्षेत्रमा पद्यकन्या क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मानित गरिएको थियो ।


‘भारतले हेलिकप्टर खसाल्ने डरले कालापानी नजाने, जनताको आँखामा छारो हाल्ने ?’
‘भारतले हेलिकप्टर खसाल्ने डरले कालापानी नजाने, जनताको आँखामा छारो हाल्ने ?’

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल भारतले हेलिकप्टर खसाल्ने डरले कालापानी जान नसकेको दार्चुलाका स्थानीयले आरोप लगाएका छन् । सबैतिरबाट दबाब झेलिरहेको सरकारले आलो..

बालुवाटार जग्गा काण्डमा मुछिएका विष्णु पौडेलविरुद्ध संसदमा गर्जिए गगन थापा (पूर्णपाठ सहित) 
बालुवाटार जग्गा काण्डमा मुछिएका विष्णु पौडेलविरुद्ध संसदमा गर्जिए गगन थापा (पूर्णपाठ सहित) 

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएकोमा विरोध जनाएका..

नेपाली काँग्रेस सरकार परिवर्तनको पक्षमा नै छैन : उपसभापति निधि
नेपाली काँग्रेस सरकार परिवर्तनको पक्षमा नै छैन : उपसभापति निधि

चितवन । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन् ।..

ओली-दाहालबीच  घण्टौँ छलफल, षड्यन्त्रका चलखेल भन्दै प्रधानमन्त्री चिन्तामा !
ओली-दाहालबीच घण्टौँ छलफल, षड्यन्त्रका चलखेल भन्दै प्रधानमन्त्री चिन्तामा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा वलि र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भेटवार्ता भएको छ । वलिले दाहाललाई बालुवाटार बोलाएर तीन घण्टासम्म गम्भिर छलफल गरेको स्रोतल..