उत्तर कोरियाका दुई डुंगा रुसको नियन्त्रणमा


नेपाल पाना प्रकाशित: २०७६-६-१ गते
उत्तर कोरियाका दुई डुंगा रुसको नियन्त्रणमा

काठमाडौं । रुसले उत्तर कोरियाका दुई डुंगा नियन्त्रणमा लिएको छ । माछा मार्दै रुसको समुन्द्री क्षेत्रमा प्रवेश गरेको भन्दै डुंगा नियन्त्रणमा लिएको हो ।

रुसको समुन्द्री क्षेत्रमा प्रवेश गरेको डुंगामा ८० जना रहेको रुसी समाचार संस्था तासले जनाएको छ । रुसी समुन्द्र तटको सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा गोली हानाहान भएको थियो । त्यस क्रममा तीनजना रुसी सुरक्षाकर्मी घाइते भएको उल्लेख छ ।

उत्तर कोरियाले घटनाबारे कुनै प्रतिक्रिया नजनाएपनि रुसी विदेश मन्त्रालयले घटनाबारे गम्भीरता देखाएको छ । उसले उत्तर कोरियाको कुटनीतिक नियोगलाई जानकारी गराएको जनाएको छ ।कोरियाली प्रायद्वीप, रुस र जापानबीचको समुन्द्रमा पर्ने यामाटो तट नजिकै दुईवटा डुंगाले ११ मोटरबोटसहित माछा मारिरहेका थिए । तटबाट ३७० किलोमिटर दुरीमा घटना भएको थियो ।

पछिल्लो समय रुस र उत्तर कोरियाबीच डुंगा नियन्त्रणमा लिने क्रम बढेको छ । यसअघि उत्तर कोरियाली रुसी डुंगा नियन्त्रणमा लिएको थियो । रुस र उत्तर कोरियाबीच निकै घनिष्ठ सम्बन्ध भएपनि समुन्द्री स्रोतको विषयमा विवाद पर्ने गरेको छ ।-एजेन्सी


मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु
मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु भएको छ ।  मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५..

कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ..

‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु
‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ । आँधीपछि करिब २० जना..

सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग
सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग

काठमाडौं । रुससँगको शीतयुद्धपछि आतंकवाद नियन्त्रणका नाममा विश्वभर युद्ध थोपर्दै आएको अमेरिकाले पछिल्लो पटक सिरियामा असली अनुहार देखाएको छ ।  अमेरिकी अतिक्रमणकै कारण इर..