पाकिस्तानविरुद्ध अमेरिका र भारत एकैठाउँमा, मोदीका अघि ट्रम्पले भने–"इस्लामिक आतंकवादविरुद्ध एकसाथ लड्छौं"


नेपालपाना प्रकाशित: २०७६-६-६ गते
पाकिस्तानविरुद्ध अमेरिका र भारत एकैठाउँमा, मोदीका अघि ट्रम्पले भने–"इस्लामिक आतंकवादविरुद्ध एकसाथ लड्छौं"

काठमाडौं । पाकिस्तानविरुद्ध भारत र अमेरिका एकसाथ उभिएका छन् । अमेरिकामा आयोजित एक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवादविरुद्ध एकसाथ लड्ने भन्दै घुमाउरो शैलीमा पाकिस्तानमाथि निशाना साँधेको हुन् । 

यो पनि पढ्नुहोस : आतंकवादको बिछ्यौनामा समृद्धि खोजिरहेछ पाकिस्तान !

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भारतीय प्रधानमन्त्री मोदी यतिखेर अमेरिकामा छन् । त्यहाँ बसिरहेका भारतीय मुलका मानिसहरुले गएराती टेक्सासको ह्युस्टनमा आयोजना गरेको कार्यक्रमलाई ट्रम्प र मोदीले सम्बोधन गरेका छन् । 

"कश्मीरको पुरानो चुनौतीलाई बिदाई ग-यौं"–मोदी 
भारतीय प्रधानमन्त्री मोदीले कश्मीरलाई विशेष दर्जा दिने संविधानको अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएसँगै ७० बर्ष पुरानो कश्मीर समस्यालाई बिदाई गरेको बताए ।

यो पनि पढ्नुहोस : आतंकवाद नत्याग्दा बार्षिक १० खर्ब गुमाउँदै पाकिस्तान, भारतीय कुटनीतिक लबिईङ 'सफल' !

३७० हटाएपछि जम्मू–कश्मीर र लद्दाखका नागरिकले अधिकार प्राप्त गरेको तथा त्यहाँका महिला, बालबालिका र दलितका साथ भईरहेको भेदभाव अन्त्य भएको पनि मोदीले दाबी गरे । 

अनुच्छेद ३७० निष्प्रभावी बनाउने फैसलामा दुवै सदनबाट दुईतिहाई प्राप्त भएको मोदीले बताए ।

पाकिस्तानविरुद्ध कडा प्रतिवाद
कश्मीर मामिलामा कडा प्रतिक्रिया दिईरहेको पाकिस्तानप्रति लक्षित गर्दै मोदीले आफ्नो देश सम्हाल्न नसक्नेको संज्ञा दिएका छन् ।

यो पनि पढ्नुहोस : 

मोदीले भने–"आफ्नो देश सम्हाल्न नसकिरहेकाहरुलाई भारतले गरिरहेको कामबाट हैरानी भैरहेको छ । भारतप्रति घृणा गर्नुलाई नै उनीहरुले राजनीतिको आधार बनाएका छन् । आतंकलाई समर्थन गर्ने र पाल्नेपोस्नेहरुको पहिचानलाई दुनियाँले राम्रोसँग चिनेको छ ।" 

अन्तराष्ट्रिय आतंकवादी संगठनका नाईके ओसामा विन लादेन, जसलाई अमेरिकी नेभीले पाकिस्तानभित्रै छिरेर मारिदिएको थियो । 

"सेप्टेम्बर ११ मा अमेरिकामा र नोभेम्बर २६ मा भारतमा भएको आतंकवादी हमलाका नाइके कहाँ भेटिए ? आतंकवादलाई मलजल गर्नेका विरुद्ध अब निर्णायक लडाइँ लड्ने समय आईसकेको छ । यस लडाईमा अमेरिकी राष्ट्रपति ट्रम्प मजबुतीका साथ आतंकवादका विरुद्ध उभिएका छन् ।"

"भारतलाई दिईरहेको सुरक्षा सहयोग बढ्छ"–ट्रम्प 
अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई दिईरहेको सुरक्षा सहयोग बढ्ने र यसका लागि चाँडै नै सम्झौता हुने बताए ।

नोभेम्बरमा भारत र अमेरिकाका स्थल, जल र वायुसेनाबीच युद्धअभ्यास हुने जानकारी दिँदै ट्रम्पले सुरक्षामा खटिएका दुवै देशका सैनिकहरुलाई आफुले सम्मान गरिरहेको बताए । उनले भने–"हामी कट्टरपन्थी इस्लामिक आतंकवादलाई निमिट्यान्न पार्न प्रतिबद्ध छौं ।" 

भारत र अमेरिकालाई नागरिक र सिमाको रक्षा गर्न कति आवश्यक छ भन्ने आफुलाई ज्ञात भएको उल्लेख गर्दै ट्रम्पले भारतीयहरुको कार्यक्रममा अमेरिकाले भोगिरहेको अवैध आप्रवासनको विषयलाई पनि उठाए ।

अवैध आप्रवासीले अमेरिकामा बस्ने नागरिकको अधिकार हनन नगरुन भन्नेमा आफु गम्भीर रहेको बताउँदै ट्रम्पले आफ्ना नागरिकलाई अधिकार दिनु अमेरिकाको पहिलो प्राथमिकता भएको उल्लेख गरे । 

भारतसँग अमेरिकाको सम्बन्ध थप निकट भएको र दुवै देश मिलेर आफ्ना नागरिकको हीतका लागि काम गर्ने ट्रम्पले बताए । सुरक्षा, स्वास्थ्य र अन्तरिक्ष विज्ञानका क्षेत्रमा सहयोग बढाउँदै दुवै देशका नागरिक र बालबालिकाको भविष्य उज्वल बनाउन आफुहरु लाग्ने ट्रम्पले उल्लेख गरे ।


‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु
‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ । आँधीपछि करिब २० जना..

सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग
सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग

काठमाडौं । रुससँगको शीतयुद्धपछि आतंकवाद नियन्त्रणका नाममा विश्वभर युद्ध थोपर्दै आएको अमेरिकाले पछिल्लो पटक सिरियामा असली अनुहार देखाएको छ ।  अमेरिकी अतिक्रमणकै कारण इर..

आतंकवादबारे पाकिस्तानले झुठ बोल्यो, एफएटीएफको 'ग्रे लिस्ट' मै रहने पक्कापक्की 
आतंकवादबारे पाकिस्तानले झुठ बोल्यो, एफएटीएफको 'ग्रे लिस्ट' मै रहने पक्कापक्की 

इस्लामावाद । आतंकवाद नियन्त्रणका लागि दिइएको समयवधी सकिँदै गर्दा पाकिस्तानले झुठ बोलेको आरोप लागेको छ ।  फाइनान्सियल एक्सन टास्क फार्स (एफएटीएफ) ले पाकिस्तानलाई अहिले..

कश्मीरमा भोलीदेखि पोष्टपेड मोबाइल चल्ने, नेपाली श्रमिकले घरमा फोन गर्न पाउने
कश्मीरमा भोलीदेखि पोष्टपेड मोबाइल चल्ने, नेपाली श्रमिकले घरमा फोन गर्न पाउने

काठमाडौं । भारत प्रशासित कश्मीरमा भोली (सोमबार) देखि पोष्टपेड मोबाइल फोन सुचारु गरिने भएको छ ।  जम्मू–कश्मीरको विशेषाधिकार अन्त्य गरेपछि सम्भावित आतंकवादी गतिविध..