यस्ता पनि भाई ! दाजुलाई खुकुरी हानेर आफैं झुण्डिए


नेपालपाना प्रकाशित: २०७६-६-६ गते
यस्ता पनि भाई ! दाजुलाई खुकुरी हानेर आफैं झुण्डिए

फिक्कल । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन्।

इलाम सन्दकपुर गाउँपालिका–१, झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरी आफूले आत्महत्या गरेका हुन्।

दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए। घाइतेको बाँया आँखाको माथि कञ्चटमा काटेको र दाहिने कानको छेउमा पनि चोट लागेको छ।

घटनालगत्तै पुगेको प्रहरी चौकी बन्दुकेका प्रहरीको सहयोगमा उनको उपचार गर्न इलाम अस्पताल ल्याइएको थियो। इलाममा उपचार सम्भव नभएपछि विष्णुलाई झापातर्फ लगिएको छ। उनको अवस्था गम्भीर रहेको छ।

खुकुरी प्रहार गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा घटनास्थलदेखि करीब ३ सय मिटर पर गोगुनको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा बुद्धवीरको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। शव परीक्षणका लागि इलाम अस्पतालमा ल्याइएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 
नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा..

जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी
जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी

रुकुमकोट । जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा १० जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ ।  शनिब..

भारतबाट युवक ल्याएर नेपालमा गोली हानी हत्या
भारतबाट युवक ल्याएर नेपालमा गोली हानी हत्या

जनकपुर । हत्यारा समूहले भारतबाट युवा ल्याएर रौतहटमा गोली हानी हत्या गरेको छ ।  रौतहटको इशनाथ नगरपालिकामा हत्याराहरुले युवकलाई गोली हानेर हत्या गरेका हुन् । जिल्ला प्रह..

बससँग ठोक्किँदा जीप चालकको मृत्यु 
बससँग ठोक्किँदा जीप चालकको मृत्यु 

गुणादी (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा जीप र बस ठोक्किँदा जीप चालकको मृत्यु भएको छ।  नवलपरासीबाट केरा बोकेर पोखरातर्फ जाँदै गरेको लु १ च ७..