३ वर्षीया छोरीलाई विष खुवाएर बुवाले पनि गरे आत्महत्या


नेपाल पाना प्रकाशित: २०७६-६-६ गते
३ वर्षीया छोरीलाई विष खुवाएर बुवाले पनि गरे आत्महत्या

कैलाली । गौरीगंगा नगरपालिका-५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेका छन् ।

गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए । सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका थुनामा पठाएको थियो ।

साउन २२ गतेको अदालतको इजलासले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए । छुटेको झण्डै डेढ महिनापछि उनले छोरीसहित आत्माहत्या गरेका हुन् । यसबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।


दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा
दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।..

नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद
नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद

गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार साँझ जुवाखालबाट जुवाडेहरुको हुललाई नै पक्राउ गरेको छ ।  गैँडाकोट नगरपालिका –१०, भैँसाखोरीमा रहेक..

प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद
प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा भारी नगदसहित जुवाडेको हुल नै पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको नेपाल प्रहरीको टोलीले कपनका नोर्बु लामाको घरम..

सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने
सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्गले सत्तारुढ दल (ने.क.पा.) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्दै भेटवार्ता गर्दैछन..