भाजपा नेताको हत्या गर्ने दुई आतंकवादी पक्राउ


नेपालपाना प्रकाशित: २०७६-६-६ गते
भाजपा नेताको हत्या गर्ने दुई आतंकवादी पक्राउ

नयाँदिल्ली । भारतको जम्मू–कश्मीर प्रहरीले भारतीय जनता पार्टी (भाजपा) का नेता अनिल परिहारको हत्या गर्ने दुई आतंकवादीलाई पक्राउ गरेको छ । 

हिजबुल आतंकवादी संगठनका ओसामा र निसार नाम गरेका दुई आतंकवादीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

यी आतंकवादीहरुले कश्मीरमा आतंकवादी गतिविधी सञ्चालन गरिरहेको जानकारी पाएपछि गिरफ्तार गरिएको प्रहरीले दाबी गरेको छ । 

गत बर्षको कार्तिक १६ गते भाजपाका जम्मू–कश्मीर राज्य सचिव परिहार र उनका भाई अजितलाई आतंकवादीहरुले गोली हानी हत्या गरेका थिए । 

घर फर्कँदै गर्दा जम्मू–कश्मीरको डोडा जिल्लास्थित किस्तवाड कस्बेमा उनीहरुको हत्या भएको थियो ।


नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 
नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा..

जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी
जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी

रुकुमकोट । जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा १० जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ ।  शनिब..

भारतबाट युवक ल्याएर नेपालमा गोली हानी हत्या
भारतबाट युवक ल्याएर नेपालमा गोली हानी हत्या

जनकपुर । हत्यारा समूहले भारतबाट युवा ल्याएर रौतहटमा गोली हानी हत्या गरेको छ ।  रौतहटको इशनाथ नगरपालिकामा हत्याराहरुले युवकलाई गोली हानेर हत्या गरेका हुन् । जिल्ला प्रह..

बससँग ठोक्किँदा जीप चालकको मृत्यु 
बससँग ठोक्किँदा जीप चालकको मृत्यु 

गुणादी (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा जीप र बस ठोक्किँदा जीप चालकको मृत्यु भएको छ।  नवलपरासीबाट केरा बोकेर पोखरातर्फ जाँदै गरेको लु १ च ७..