लियोनल मेस्सीलाई छैठौं पटक फिफा बर्ष खेलाडी अवार्ड


नेपालपाना प्रकाशित: २०७६-६-७ गते
लियोनल मेस्सीलाई छैठौं पटक फिफा बर्ष खेलाडी अवार्ड

काठमाडौं । अर्जेन्टिनी भेट्रान स्ट्राइकर लियोनल मेस्सीले छैटौं पटक फिफा बर्ष खेलाडीको अवार्ड जितेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०१९ का लागि दिने उत्कृष्ट खेलाडीको अवार्ड मेस्सीले जितेका हुन् ।

मेस्सीसँगै क्रिष्टियानो रोनाल्डो र भर्जिल भ्यान डाइक पनि यो प्रतिष्पर्धामा थिए । तर मेस्सीले सबैभन्दा धेरैपटक अवार्ड पाउने खेलाडीको कीर्तिमान राख्दै यो उपाधि जितेका हुन् । 

मेस्सीले गत बर्षको ला–लिगाको सिजनमा स्पेनी क्लब बार्सिलोनालाई उपाधि जिताएका थिए । साथै उनले युरोपियन प्रतिस्पर्धामा सर्वाधिक गोल गरेका थिए । 

यसै वर्ष रोनाल्डो र मेस्सीलाई पछि पार्दै भ्यान डाइकले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका थिए। यसैले फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्डमा पनि उनको सम्भावना बढी रहेको अनुमान थियो। तर, मेस्सीले अवार्ड जित्दै विश्व फुटबलमा आफ्नो दबदबा कायम रहेको पुष्टि गरेका छन् । 

रोनाल्डो र मेस्सीले यसअघि नै पाँच÷पाँच पटक फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितिसकेका छन् । छैठौं पटक अवार्ड पाएका मेस्सीले अब रोनाल्डोलाई पनि पछि पारेका छन् । रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए । यस्तै, मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ फिफा बर्ष खेलाडी अवार्ड जितेका थिए।

मेस्सीले गत बर्षको ३१ जुलाई २०१८ देखि ३१ जुलाई २०१९ सम्ममा बार्सिलोनाबाट ५० र अर्जेन्टिनाबाट ८ गरेर ५८ खेल खेल्दै मैदानमा ४ हजार २४ मिनेट बिताएका थिए। ती खेलहरुमा बार्सिलोनाबाट ५१ र अर्जेन्टिनाबाट ३ गरेर ५४ गोल गरेका थिए।

कसलाई कुन अवार्ड ?
उत्कृष्ट गोलका लागि दिइने पुसकास अवार्ड – ड्यानियल सोरी
उत्कृष्ट पुरुष गोलकिपर – एलिसन बेकर 
उत्कृष्ट महिला गोलकिपर – सारी भ्यान भेनेनडाल
उत्कृष्ट महिला टिम प्रशिक्षक – जिल एलिस
फिफा समर्थक अवार्ड – सिल्भिया ग्रेको
पुरुष टिम उत्कृष्ट प्रशिक्षक – जर्गेन क्लोप
उत्कृष्ट महिला खेलाडी – मेगान रापिनो
फिफा फेयर प्ले अवार्ड – मार्सेलो बिएल्सा र लिड्स युनाइटेड

पुरुषतर्फ विश्व उत्कृष्ट–११
गोलकिपर – एलिसन बेकर
डिफेन्डर – भर्जिल भ्यान डाइक, म्याथियस डि लिग्ट, मार्सेलो, सर्जियो रामोस
मिडफिल्डर – इडन हाजार्ड, फ्रान्की डि योङ, लुका मोडरिक
फरवार्ड – केलियन एमबाप्पे, लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो

महिलातर्फ विश्व उत्कृष्ट–११
गोलकिपर – सरी भान भेनेन्डल
डिफेन्डर – लुसी ब्रोन्ज, वेन्डी रेनार्ड, लिला फिस्चर, केल्ली ओ(हारा 
मिडफिल्डर – अमान्डिन हेनरी, जुली एर्ज
एट्याकिङ मिडिफिल्डर – मार्टा, रोज लाभेली, मेगान रापिन
स्ट्राइकर – एलेक्स मोर्गन


जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी
जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी

रुकुमकोट । जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा १० जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ ।  शनिब..

भारतबाट युवक ल्याएर नेपालमा गोली हानी हत्या
भारतबाट युवक ल्याएर नेपालमा गोली हानी हत्या

जनकपुर । हत्यारा समूहले भारतबाट युवा ल्याएर रौतहटमा गोली हानी हत्या गरेको छ ।  रौतहटको इशनाथ नगरपालिकामा हत्याराहरुले युवकलाई गोली हानेर हत्या गरेका हुन् । जिल्ला प्रह..

बससँग ठोक्किँदा जीप चालकको मृत्यु 
बससँग ठोक्किँदा जीप चालकको मृत्यु 

गुणादी (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा जीप र बस ठोक्किँदा जीप चालकको मृत्यु भएको छ।  नवलपरासीबाट केरा बोकेर पोखरातर्फ जाँदै गरेको लु १ च ७..

कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने
कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा..