डेढसय मिटर सडक भासिएपछि तातोपानी नाका १० दिन बन्द


नेपालपाना प्रकाशित: २०७६-६-७ गते
डेढसय मिटर सडक भासिएपछि तातोपानी नाका १० दिन बन्द

सिन्धुपाल्चोक । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।

सीमा पुलबाट सात किलोमिटरमाथि रहेको यो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य सुरु गरिएकाले आठरदश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए। यो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरू पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए ।

यस नाकाबाट भूकम्पपछि यस पालाको दशैँका लागि करिब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सातरआठ टोली तिब्बत गइसकेकाले अबको तीनरचार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरूले बताएका छन् ।


कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे
कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे

काठमाडौं । कोरोना भाइरसको संकेत देखिएका ९ देशका विरामी निको भएका छन् ।  नेपालसहित ९ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका हुन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजि..

बस दुर्घटनामा परि तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गयो
बस दुर्घटनामा परि तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गयो

काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ । भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा ६ नेपालीको ज्यान गएको हो । नेपाली तीर्थ..

कोरोना भाइरसले लियो २ हजार ११८ जनाको ज्यान
कोरोना भाइरसले लियो २ हजार ११८ जनाको ज्यान

काठमाडौं । कोरोना भाइरसले दुई हजार ११८ जनाको ज्यान गएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसक..

भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नेले ७० करोडको डिलिङ गर्ने ?
भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नेले ७० करोडको डिलिङ गर्ने ?

काठमाडौं । सांसद् सुदन किरातीले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन् ।  किरातीले बाँस्कोटाले ७० करोड कमिसनका लागि सेट..