नवलपरासीमा कार दुर्घटना : ज्यान गुमाएका पाँचमध्ये तीनजनाको सनाखत 


नेपालपाना प्रकाशित: २०७६-६-७ गते
नवलपरासीमा कार दुर्घटना : ज्यान गुमाएका पाँचमध्ये तीनजनाको सनाखत 

नवलपरासी । सोमबार राती कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिँदा ज्यान गुमाएका पाँचमध्ये तीनजनाको सनाखत भएको छ । 

देवचुली नगरपालिका–१ केउरेनीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विश्वकर्मा, देवचुलीकै दिलबहादुर ढेगा मगर र कैलालीको धनगढी–११ घर भै हाल देवचुली बस्दै आएका सुरज राना मगरको सनाखत भएको प्रहरीले जनाएको छ। दुइजनाको अझै सनाखत हुन सकेको छैन । 

कावासोती–७ मा पर्ने खरकट्टा जङ्गलमा पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार जोडले ठोक्किएको थियो । सो दुर्घटनामा परी कारमा सवार पाँचै जनाले ज्यान गुमाएका हुन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवनतर्फ पठाइएपनि घाइतेहरु सबैको मृत्यु भएको हो ।


कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे
कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे

काठमाडौं । कोरोना भाइरसको संकेत देखिएका ९ देशका विरामी निको भएका छन् ।  नेपालसहित ९ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका हुन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजि..

बस दुर्घटनामा परि तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गयो
बस दुर्घटनामा परि तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गयो

काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ । भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा ६ नेपालीको ज्यान गएको हो । नेपाली तीर्थ..

कोरोना भाइरसले लियो २ हजार ११८ जनाको ज्यान
कोरोना भाइरसले लियो २ हजार ११८ जनाको ज्यान

काठमाडौं । कोरोना भाइरसले दुई हजार ११८ जनाको ज्यान गएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसक..

भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नेले ७० करोडको डिलिङ गर्ने ?
भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नेले ७० करोडको डिलिङ गर्ने ?

काठमाडौं । सांसद् सुदन किरातीले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन् ।  किरातीले बाँस्कोटाले ७० करोड कमिसनका लागि सेट..