म्याग्दीको बाढीमा बेपत्ता दुई बालिका अझै भेटिएनन् 


नेपालपाना प्रकाशित: २०७६-६-७ गते
म्याग्दीको बाढीमा बेपत्ता दुई बालिका अझै भेटिएनन् 

म्याग्दी । म्याग्दीको बगरफाँटमा बाढी आएको खोला नै मध्यरातमा गाउँ पस्दा बेपत्ता भएका दुई बालबालिका अझै भेटिएका छैनन। 

बेनपा, बगरफाँट बस्ने पार्वती परियारकी १० वर्षीया छोरी प्रविना परियार र यही ठाउँ बस्ने अनिता परियारकी ६ वर्षीया छोरी अनुस्का परियार अझैसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ । 

कोटखोलामा शनिबार राती १० बजेतिर आएको बाढी  बस्तीमा  पसेपछि भएको भागदौडमा यी दुई बालबालिका बेपत्ता भएका थिए । प्रहरीले हालसम्म यी बालिकाहरुको खोजीकार्य जारी राखेको छ ।

यी बालिकाहरु बगरफाँट स्थायी रुपमा बस्ने माया परियारको घरमा पाहुना आएका थिए । धार परिबर्तन गरि बस्तीतिर पसेको खोलाले बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको तीन घरमा पूर्ण क्षति पु-याएको छ। तीन घरमा आंशिक क्षति पुर्‍याएको छ।

सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ ।


पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७..

रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि
नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि

काठमाडौं । नेपालमा थप एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।  योसंगै नेपालम..