घुस्याहा सिडिई गोइतलाई जेल हालियो


नेपालपाना प्रकाशित: २०७६-६-७ गते
घुस्याहा सिडिई गोइतलाई जेल हालियो

सप्तरी । कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार गोइत जेल चलान भएका छन्।

उच्च अदालत जनकपुर राजविराज इजलासले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा थुनामा पठाएको अदालतले जनाएको छ।

जिल्ला अदालतले गत जेठ ६ गते उनलाई ४ लाख रुपैयाँ धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो। जिल्ला अदालतको बेरितको आदेश बदर गर्दै गोइतले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए।

सोही मुद्दामा पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य ुबिपी यादवु भनिने विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल थुनामा छन्।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि कीर्ते गरी उपभोक्ता समिति बनाएको तथा सरकारी कार्यालयको कागजात कीर्ते गरेको अभियोगमा यादव र मण्डल गत बैसाख ५ गते पक्राउ परेका थिए।

पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनियर रहेका बेला गोइतले राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोग छ।







आफन्तबाटै बेचिइन् १५ वर्षीया किशोरी, देउवा चोकबाट कान्छी पक्राउ
आफन्तबाटै बेचिइन् १५ वर्षीया किशोरी, देउवा चोकबाट कान्छी पक्राउ

काठमाडौं । १५ वर्षीया बालिकालाई भारतको कोठीमा बेचेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङ छन् । उनलाई..

सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु
सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु

सोलुखुम्बु । सगरमाथाक्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ गते खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाच सुतेकै अवस्थामा मृत फेला..

कोशी कटानमा मोटरसाइकल दुर्घटना, मुखियाको मृत्यु
कोशी कटानमा मोटरसाइकल दुर्घटना, मुखियाको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटान क्षेत्रमा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा पृथ्वीनगर-४ का २९ वर्षीय दिपेश मुखिया..

आजको मौसम कस्तो ?
आजको मौसम कस्तो ?

काठमाडौं । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा आज बिहानको तापक्रम..