सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-६-९ गते
सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु

पाल्पा । सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुईरतीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो ।

तानसेन नगरपालिका-१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ । नर्मलरूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको बच्चा मृतावस्थामा रहेको थियो ।

मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो । सुत्केरी महिलाको शल्यक्रियापछि श्रीमान् केशर सूर्यवंशीका अनुसार राति धेरै पटक छटपटाइ भयो, छटपटाइबाट अक्सिजनको नली हट्यो । नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा समस्या भएको आफन्तको दाबी छ ।


स्वास्थ्यकर्मी आक्रोशित, खोप कार्यक्रम प्रभावित
स्वास्थ्यकर्मी आक्रोशित, खोप कार्यक्रम प्रभावित

सर्लाही । हरिपुर नगरपालिका अन्तर्गत रहेका ५ स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मचारीलाई नगरपालिकाले फिर्ता गरेको भन्दै स्वास्थ्यकर्मी आक्रोशित बनेका छन् । नगरपालिकाअन्..

कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे
कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे

काठमाडौं । कोरोना भाइरसको संकेत देखिएका ९ देशका विरामी निको भएका छन् ।  नेपालसहित ९ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका हुन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजि..

वृद्ध र बिरामीमा कोरोना भाइरस संक्रमणको बढी जोखिम
वृद्ध र बिरामीमा कोरोना भाइरस संक्रमणको बढी जोखिम

बेइजिङ । चीनमा महामारीका रूपमा देखिएको कोरोना भाइरसबारे गरिएको हालसम्मकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष चिनियाँ स्वास्थ्य अधिकारीले सार्वजनिक गरेका छन् । कोरोना भाइरस संक..

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सँख्या दुई हजार पुग्यो
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सँख्या दुई हजार पुग्यो

काठमाडौं । बुधबार बिहानसम्ममा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सँख्या दुई हजार पुगेको छ ।  चिनियाँ सञ्चार माध्यमहरूले जनाए अनुसार ६ जना बाहेक सबैको मृत्यु चीनमै भएक..