आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै


नेपालपाना प्रकाशित: २०७६-६-१० गते
आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ। ४० औं पर्यटन दिवसको नारा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ भन्ने तय गरिएको छ।

दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरुको आयोजना गरिएको छ। दिवसको अवसरमा विभिन्न नाकाहरुबाट भित्रिने पर्यटकलाई विशेष स्वागत गर्ने कार्यक्रम राखिएको छ।  

सो अवसरमा पयटन मन्त्री योगेश भट्टराईले शुभकामना व्यक्त गरेका छन्, उनले शुभकामना दिँदै पर्यटन क्षेत्रलाई उच्च महत्व दिने नीति अनुरूप नेपाल सरकारले पर्यटनका नविनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्ने बताए।

त्यस्तै  आगमी दिनमा जनता एवं सरोकार समुदायका सुझाव एवं विज्ञहरूको अध्ययन तथा सिफारिसका आधारमा नवप्रवर्धन र विकास सम्बन्धी योजना र कार्यक्रमहरूलाई तिब्रता दिइने प्रतिवद्धता प्रकट गरेका छन्।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, मुख्यरुपमा पर्यटक भित्रिने नाकाहरु, काँकडभिट्टा तथा कञ्चनपुरको गड्डाचौकीलगायतका ठाउँमा पर्यटकलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ।

त्यसैगरी होटेल तथा हवाई उडानमा पर्यटकहरुलाई विशेष छुट दिइने कार्यक्रम छ। नारायणहिटी क्षेत्रमा निर्मित गणतन्त्र पार्कमा पर्यटन दिवससम्बन्धी विशेष कार्यक्रम आयोजना गरिएको छ।

त्यस्तै पर्यटन दिवसको विश्वव्यापी नाराबारे अन्तक्रिया तथा विभिन्न खेलकुद र र्‍यालीको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।


हिउँले ढाकिए चर्चित पर्यटकीय क्षेत्र खप्तड 
हिउँले ढाकिए चर्चित पर्यटकीय क्षेत्र खप्तड 

डोटी । सुदूरपश्चिमको चर्चित धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड हिउँले ढाकिएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडका २२ वटा घाँसे पाटन हिउँले..

भक्तपुर पुग्ने पर्यटकलाई भादगाउँले टोपी लगाएर गर्याे स्वागत
भक्तपुर पुग्ने पर्यटकलाई भादगाउँले टोपी लगाएर गर्याे स्वागत

काठमाडौं । नयाँ वर्षको पहिलो दिन भक्तपुर पुग्ने पर्यटकलाई नगरपालिकाले स्वागत गरेको छ । जनवरी १ तारिखको बिहानै भक्तपुरमा घुम्न पुगेका पर्यटकलाई नगर प्रमुख सुनिल प्रजापतिले भ..

सातै प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गरिने
सातै प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गरिने

काठमाडौं । नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाडौंसँगै सातवटै प्रदेशबाट गरिने भएको छ ।  भ्रमणको शुभारम्भ जनवरी १ तारिख (पुस १६) मा काठमाडौंको दशरथ रङ्गशाला र यही दिन सातव..

अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए
अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए

धादिङ । रुबीभ्याली गाउँपालिका-१ को सोदाङ भन्ने ठाउँमा अष्ट्रियाका ७० वर्षीय व्लिहिम व्हिन्डर शनिबार टेन्टमा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।   अत्याधिक चिसो बढे..