रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म


नेपाल पाना प्रकाशित: २०७६-६-११ गते
रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म

विराटनगर । रेल्वे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर चर्चामा आएकी रानू मण्डलको जिन्दगीमाथि फिल्म निर्माण हुन लागेको छ ।

इन्स्पायर फिल्ममेकर ऋषिकेश मण्डलले रानूको जिन्दगीमाथि फिल्म निर्माण हुन लागेको जानकारी प्राप्त भएको छ । उनको जीवनीमा फिल्म बनाउने तयारी थालिएको र रानूको बायोपिक फिल्मका लागि साउथकी चर्चित अभिनेत्री सुदीप्ता चक्रवर्तीलाई उनको भूमिका निर्वाह गर्नका लागि अफर गरिएको छ । 

फिल्मको अफर आएको खुलासा सुदीप्ता आफैले गरेकी हुन् । अन्तर्वार्तामा दिने क्रममा सुदीप्ताले आफूलाई फिल्म अफर भएको तर, फिल्मको स्क्रिप्ट मिल्न बाँकी रहेको बताइन् ।

उनले आफूलाई फिल्म गर्ने इच्छा भएपनि फिल्मको स्क्रिप्ट पाएपछि मात्र फिल्म गर्ने वा नगर्ने टुंगो लाग्ने बताएकी छन् । जर्नालिस्टबाट सफल निर्देशक बनेका ऋषिकेशले रानूको बयोपिक फिल्मको नाम ‘प्लेटफर्म सिंगर रानू मण्डल’ राखेका छन् ।


आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती
आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती

काठमाडौं । नेपाली संगीत आकाशका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ८०औं जन्मजयन्ती आज (शनिबार) मनाइँदैछ ।  नारायणगोपालको जन्म वि.सं. १९९६ असोज १८ गते काठमाडौंको किलाग..

बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक
बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस..

भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गा..

नेपालमा हुन नसकेको आईफा अवार्ड समारोह सम्पन्न, क–कसले पाए त अवार्ड ? 
नेपालमा हुन नसकेको आईफा अवार्ड समारोह सम्पन्न, क–कसले पाए त अवार्ड ? 

काठमाडौं । भारतीय फिल्म उद्योगको सबैभन्दा ठूलो इंटरनेशनल इंडियन फिल्म एकेडमी (आईफा) अवार्ड समारोह बुधवार सम्पन्न भएको छ । नेपालमै गर्ने भनिएको यो समारोहको विरोध भएपछि भारतमै आ..