"पूर्वराष्ट्रपति यादवलाई उपचार खर्च दिनु कानूनविपरित"-गगन थापा


नेपालपाना प्रकाशित: २०७६-६-१२ गते
"पूर्वराष्ट्रपति यादवलाई उपचार खर्च दिनु कानूनविपरित"-गगन थापा

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वराष्ट्रपति डा. रामवरण यादवको विदेशमा हुने उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय कानूनविपरित भएको बताएका छन् । 

मन्त्रीपरिषद् बैठकमा हालै पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार व्यहोर्ने निर्णय भएको छ । तर पूर्वस्वास्थ्यमन्त्री थापाले सरकारको यो निर्णयमाथि प्रश्न उठाएका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा उपचारसम्बन्धमा बनाइएको कानूनी प्रावधान नै राखिदिँदै थापाले लेखेका छन्–"हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ– कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन । पूर्वराष्ट्रपति वा वर्तमान प्रम जो भए पनि यो कानून सबैलाई लाग्छ, सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू ?"

पेटमा क्यान्सर देखिएपछि पूर्वराष्ट्रपति डा. यादवको तीन वर्षअघि अमेरिकामा उपचार गरिएको थियो । अमेरिकाबाट स्वास्थ्यलाभ गरेर फर्किएपछि डा. यादवले हरेक वर्ष भारतको चण्डीगढस्थित पीजीआईएमईआर अस्पतालमा नियमित जाँच गराउँदै आएका छन् । करिब दुईसाता अघि रगतमा केही खराबी देखिएको आशंकापछि डा। यादव चण्डीगढ गएका थिए ।


नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 
नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा..

जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी
जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी

रुकुमकोट । जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा १० जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ ।  शनिब..

भारतबाट युवक ल्याएर नेपालमा गोली हानी हत्या
भारतबाट युवक ल्याएर नेपालमा गोली हानी हत्या

जनकपुर । हत्यारा समूहले भारतबाट युवा ल्याएर रौतहटमा गोली हानी हत्या गरेको छ ।  रौतहटको इशनाथ नगरपालिकामा हत्याराहरुले युवकलाई गोली हानेर हत्या गरेका हुन् । जिल्ला प्रह..

बससँग ठोक्किँदा जीप चालकको मृत्यु 
बससँग ठोक्किँदा जीप चालकको मृत्यु 

गुणादी (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा जीप र बस ठोक्किँदा जीप चालकको मृत्यु भएको छ।  नवलपरासीबाट केरा बोकेर पोखरातर्फ जाँदै गरेको लु १ च ७..