साफ यू–१८: भारत बन्यो यू-१८ फुटबलको नयाँ च्याम्पियन


नेपाल पाना प्रकाशित: २०७६-६-१२ गते
साफ यू–१८: भारत बन्यो यू-१८ फुटबलको नयाँ च्याम्पियन

काठमाडौं । आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा भएको साफ यू–१८ च्याम्पियनसिपको फाइनलमा बंगलादेशलाई पराजित गर्दै भारत च्याम्पियन बनेको छ । भारतले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

लगातार २ पटकको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिएपछि तेस्रो संस्करणमा भारतले उपाधि उचालेको हो । भारतलाई जीत दिलाउन बिक्रम प्रताप सिंह र रविबहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए । च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भयो । आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्सले भुटानलाई १–० ले हराएको थियो ।


प्रदेशस्तरीय मार्सलआर्ट महोत्सव टाइगर खेलमैदानमा सुरु
प्रदेशस्तरीय मार्सलआर्ट महोत्सव टाइगर खेलमैदानमा सुरु

गाईघाट । कटारी बजारस्थित टाइगर खेलमैदानमा प्रदेश नम्बर १ स्तरीय मार्सलआर्ट महोत्सव सुरु भएको छ । प्रदेश अन्तर्गतका चौध जिल्लाको झण्डै ६०० खेलाडीको सहभागिता रहेको सो महोत्सव..

नेपाली क्रिकेटको एक दिवसीय बरियतामा सुधार, दुई स्थान माथि उक्लियो 
नेपाली क्रिकेटको एक दिवसीय बरियतामा सुधार, दुई स्थान माथि उक्लियो 

काठमाडौं : नेपालले अन्तरराष्ट्रिय क्रिकेट परिषद्आ (इसिसी) को एकदिवसीय बरियतामा एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिक..

स्पेनिस ला लिगाः शीर्ष स्थानमा रहेको  म्याड्रिड  बराबरीमा रोकियो
स्पेनिस ला लिगाः शीर्ष स्थानमा रहेको म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल आफ्नै घरेलु मैदानमा सेल्टा भिगोसँग २/२ गोलको बराबरीमा रोकि..

ए डिभिजन लिग : आर्मीलाई हराउँदै मछिन्द्र बन्यो च्याम्पियन 
ए डिभिजन लिग : आर्मीलाई हराउँदै मछिन्द्र बन्यो च्याम्पियन 

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले नेपाली सेनाको विभागीय टोली आर्मीलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधी उचालेको छ। शनिबार दिउँसो काठमाडौंको त..