आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो


प्रकाशित: २०७६-६-१३ गते
आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो

काठमाडौँ । दशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गर्न भक्तजनहरुको ठूलो घुइचो लागेको छ ।

देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्न भक्तजनहरुको शक्तिपीठमा ठूलो घुइचो लागेको हाे । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रहृमचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित हुने शास्त्रहरुमा उल्लेख गरिएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।

माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन र श्रवणसमेत गर्ने गर्दछन् ।


गढीमाई मेलामा भक्तजनहरूको घुइँचो, मेलामा अहिलेसम्मकै सबैभन्दा बढी घुइँचो
गढीमाई मेलामा भक्तजनहरूको घुइँचो, मेलामा अहिलेसम्मकै सबैभन्दा बढी घुइँचो

कलैया । बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ ।  नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० ला..

आयोध्याबाट आएका भगवान रामचन्द्रका जन्तीलाई भव्य स्वागत
आयोध्याबाट आएका भगवान रामचन्द्रका जन्तीलाई भव्य स्वागत

महोत्तरी । भारतबाट आएका भगवान रामचन्द्रका जन्तीलाई महोत्तरीमा भव्य स्वागत गरिएको छ । भारतको आयोध्याबाट प्रत्येक पाँच वर्षमा आउने भगवान रामका जन्तीलाई बुधवार राती महोत्तरीको मट..

नाङ्गिए राधारमण स्वामी, निर्माणाधीन मन्दिरमा नक्कली नोट छाप्ने धन्धा 
नाङ्गिए राधारमण स्वामी, निर्माणाधीन मन्दिरमा नक्कली नोट छाप्ने धन्धा 

काठमाडौं । साधु, स्वामी, सन्त र महात्माका नाममा आफुलाई उभ्याएका भारतका तथाकथित धर्मभिरुहरु एकपछि अर्को गरी अपराधकर्ममा फस्ने गरेको छन् । यसै क्रममा गुजरात पुलिसले आइतबार राधार..

नेपाली भूमीलाई साक्षी राख्दै भारतीय बरबधु, साैराहामा यस्तो आकर्षण
नेपाली भूमीलाई साक्षी राख्दै भारतीय बरबधु, साैराहामा यस्तो आकर्षण

चितवन । विवाह सामान्यतयाः जीवनमा एकपटक मात्रै गरिन्छ । वैद्विक हिन्दु संस्कारसअनुसार यज्ञमा अग्नि स्थापना गरी सोही ज्वलन्त यज्ञअघि जीवन–मरणको कसम खाँदै बिहे सम्पन्न गरिन..