त्रिकोणात्मक क्रिकेटमा जिम्बाबेसँग बदला लिँदै नेपाल


नेपालपाना प्रकाशित: २०७६-६-१४ गते
त्रिकोणात्मक क्रिकेटमा जिम्बाबेसँग बदला लिँदै नेपाल

काठमाडौं । सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत नेपालले आज जिम्बाबेसँग दोस्रो खेल खेल्दैछ।

यसअघि भएको पहिलो खेलमा जिम्बाबेले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । नेपाली टीमले सो हारको समेत बदला लिने गरि जिम्बाबेविरुद्ध प्रदर्शन गर्ने भएका छन् । 

सिङ्गापुरस्थित इन्डियन एसोसिएसन मैदानमा हुने आजको खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाबेविरुद्ध जीत हासिल गर्ने नेपालको एकमात्र उद्देश्य छ ।  खेल बेलुकी सवा ५ बजे शुरु हुनेछ । 

नेपाललाई पहिले खेलमा हराउने जिम्बाबेले दोस्रो खेलमा सिंगापुरसँग पराजय भोगिसकेको छ । जबकी नेपालले यो सिरिजको दोस्रो खेलमा सिङ्गापुरलाई ९ विकेटले पराजित गरेको थियो । सोही खेलमा कप्तान पारस खड्काले कीर्तिमानी शतक समेत बनाए । 

शृंखलामा सहभागी नेपालसहित जिम्बाबे र आयोजक सिङ्गापुर तीनैवटा टोलीले समान दुई–दुई अङ्क जोडेका छन्। तेस्रो खेलमा आइतबार राति जिम्बाबे सिङ्गापुरसँग ४ रनले पराजित भएपछि नेपाललाई फाइदा पुगेको छ।

तीनै टोलीको समान अङ्क रहे पनि नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ। सिंगापुरसँग हारेपछि जिम्बाबे एक स्थान तल झरेको छ भने सिङ्गापुर तेस्रो स्थानमा छ।

आजको खेल खेले नेपाल शृंखलाको फाइनलमा पुग्ने सम्भावना बढेर जानेछ। आझ नेपाल मैदानमा उत्रिँदा शुक्रबार बेहोरेको पराजयको बदला लिने दाउमा रहनेछ।

डबल राउन्ड रोबिनका आधारमा खेलाइएको शृंखलाको शीर्ष टोलीले उपाधि जित्नेछ।


बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला
बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला

बाँके ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्..

गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो
गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो

काठमाडौं । बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ। सत्तरी करोडको कम..

गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा
गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा

काठमाडौं । नेकपाको सचिवालय बैठक कुनै निर्णय बिना सकिएको छ । ७५ करोड कमिसन प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथिको कारबाहीबारे छलफल गर्न..

गम्भीर राष्ट्रिय विमर्शबिना यो के तमासाको तयारी हो कमरेडहरू ?
गम्भीर राष्ट्रिय विमर्शबिना यो के तमासाको तयारी हो कमरेडहरू ?

काठमाडौं । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि शनिबार कमिटी गठन भएकाे छ । नेकपाले माधवकुमार नेपालको संयोजकत्वमा यसरी कमिटी गठन गरेपछ..