अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने


नेपालपाना प्रकाशित: २०७६-६-१५ गते
अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ ।

अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना रहन सक्ने र त्यसबाट तीन हजार ३९५ मेगावाट विद्युत् उत्पादन हुने देखिएको हो । पाँचवटा ठूला आयोजनामध्ये अहिले नौ सय मेगावाटको अरुण तेस्रो निर्माणको क्रममा छ भने अन्य आयोजनाको अध्ययन भइसकेको छ ।

एक हजार ६१ मेगावाटको अपर अरुण, छ सय मेगावाटको लोवर अरुण, ४३४ मेगावाटको किमाथाङ्का अरुण र चार सय मेगावाटको अरुण ४ को अध्ययन भइसकेको विद्युत् विकास विभागले जनाएको छ । नेपालको पानी जनताको लगानी कार्यक्रम समावेश अपर अरुण भोटखोला गाउँपालिकाको चेपुवा र रुकुमाको बीचमा निर्माण हुने भनिएको छ ।

यस आयोजनाको सम्पूर्ण अध्ययन पूरा भइसकेको विद्युत् विकास विभागलाई उद्धृत गर्दै ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।नेपाल र नेपालीको लगानीबाट सञ्चालन गरिने यो परियोजना केही वर्ष्भित्रै सुरु हुनेसमेत उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा ध्यान कुलुङले लेखेका छन् ।


मेलम्ची पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न मन्त्री मगरको निर्देशन
मेलम्ची पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न मन्त्री मगरको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।   उनले बिहीबार निर्माणस्थल नि..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

निर्माणाधीन ढल्केवर सबस्टेसन पुसभित्रै सञ्चालन हुने
निर्माणाधीन ढल्केवर सबस्टेसन पुसभित्रै सञ्चालन हुने

धनुषा । निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।   निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६..

चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार
चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौँ । शुल्क फिर्ताको माग लिएर आन्दोलित चिकित्साशास्त्रका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले बुधबार बीडीएस र नर्सिङ विष..