रोजगारीको विरोधमा इराकमा सरकार विरोधी प्रदर्शन


रासस प्रकाशित: २०७६-६-१५ गते
रोजगारीको विरोधमा इराकमा सरकार विरोधी प्रदर्शन

बग्दाद । आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ सय व्यक्ति घाइते भएका इराकी प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।

इराक सरकारले देशभरी भएको विरोध प्रदर्शनको साथसाथै जारी हिंसाको निन्दा गरेको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा जनाइएको छ । सर्वसाधारणका ती मागहरुको सही र वस्तुपरक रुपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको सरकारको आरोप छ ।

जारी यस हिंसामा एक प्रदर्शनकारी मारिनुका साथै २ सय अन्य घाइते भएका विज्ञप्तिमा उल्लेख छ । घाइते भएका २ सय व्यक्तिहरुमा ४० जना सुरक्षाकर्मी पनि छन् । ‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ । हामी सबै नागरिकलाई शान्त र संयम रहन आग्रह गर्दछौं, सुरक्षाकर्मीले पनि आफ्नो कर्तव्य निर्वाह सही किसिमबाट गरुन् भन्ने चाहन्छौं,’ प्रदर्शनकारीहरुले बताएका छन् ।

घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका र बाँकी ५० जना घाइतेहरुको अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ । मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास, पानीको फोहोरा र गोली चलाएपछि एक प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायरहरू बाल्नुका साथै र मुख्य चोकका सडकहरू अवरुद्ध गरेका थिए ।


दक्षिण कोरियामा कोरोनाको त्रास बढेसँगै २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह
दक्षिण कोरियामा कोरोनाको त्रास बढेसँगै २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियामा कोरोनाको त्रास बढेपछि २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह गरेका छन् । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ-जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीव..

पाकिस्तानविरुद्ध चीनले भारतलाई दियो साथ, पाकिस्तानले प्रतिबद्धता पुरा गर्नै पर्ने
पाकिस्तानविरुद्ध चीनले भारतलाई दियो साथ, पाकिस्तानले प्रतिबद्धता पुरा गर्नै पर्ने

चीन । चीनले पाकिस्तानविरुद्ध भारतलाई साथ दिने भएको छ । आतंकवादी संगठनले प्राप्त गर्ने पैसा रोक्न असफल भएको भन्दै चीन र साउदी अरबले पाकिस्तानमाथि कडाई गर्ने भएका हो ।  ..

अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए
अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

काठमाडौं । सोमालियामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् । यस कारबाहीको क्रममा सर्वसाधारणतर्फ कुनै हताहत नभएको संयुक्त..

पाकिस्तानमा मुस्लिम ज्यादतीविरुद्ध हिन्दुहरु आन्दोलित, बेलायतमा पनि प्रदर्शन, इमरानलाई आपत
पाकिस्तानमा मुस्लिम ज्यादतीविरुद्ध हिन्दुहरु आन्दोलित, बेलायतमा पनि प्रदर्शन, इमरानलाई आपत

इस्लामावाद । मुस्लिम राष्ट्र पाकिस्तानमा हिन्दु समुदायको आन्दोलन चर्किएको छ । मुसलमानहरुले आफूमाथि ज्यादती गरेको र राज्यले समेत त्यसलाई सहयोग गरेको भन्दै हिन्दुहरु आन्दोलनमा उ..