बस र ट्रक एक-आपसमा जुध्यो, यस्ताे छ अवस्था


नेपालपाना प्रकाशित: २०७६-६-१५ गते
बस र ट्रक एक-आपसमा जुध्यो, यस्ताे छ अवस्था

 धनकुटा । धनकुटा नगरपालिका–९ गुठिटार स्थित कोशी राजमार्गमा आज दिउँसो बस र ट्रक ठक्कर खाँदा १४ जना घाइते भएका छन् । 

झापाबाट तेह्रथुम जाँदै गरेको ना।६ ख।१९७६ नम्बरको बस र बिपरित दिसाबाट आउँदै गरेको ना।६ ख। ४४८३ नम्बरको ट्रक दिउँसो करिव १२ बजे आपसमा ठोक्किएको हो ।

दुर्घटनामा ट्रक चालकसहित १४ जना घाइते भएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोइरालाले जानकारी दिए । घाईते १३ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।

ट्रक चालक भोजपुरका चन्द्रकुमार राईलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । ठक्करबाट बस र ट्रकको अगाडीको भागमा क्षति पुगेको छ । बस चालकलाई धनकुटा प्रहरीले नियन्त्रणमा लिएको छ ।


कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे
कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे

काठमाडौं । कोरोना भाइरसको संकेत देखिएका ९ देशका विरामी निको भएका छन् ।  नेपालसहित ९ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका हुन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजि..

बस दुर्घटनामा परि तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गयो
बस दुर्घटनामा परि तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गयो

काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ । भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा ६ नेपालीको ज्यान गएको हो । नेपाली तीर्थ..

कोरोना भाइरसले लियो २ हजार ११८ जनाको ज्यान
कोरोना भाइरसले लियो २ हजार ११८ जनाको ज्यान

काठमाडौं । कोरोना भाइरसले दुई हजार ११८ जनाको ज्यान गएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसक..

भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नेले ७० करोडको डिलिङ गर्ने ?
भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नेले ७० करोडको डिलिङ गर्ने ?

काठमाडौं । सांसद् सुदन किरातीले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन् ।  किरातीले बाँस्कोटाले ७० करोड कमिसनका लागि सेट..