वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !

काठमाडौं । वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्।

२०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बिलको सदर सेञ्चुरी स्वयंले गरेका छन्।

अस्पताल प्रशासनले तयार गरेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एन्ड बी क्याफेबाट एक लाख ८५ हजार रुपैयाँ बराबरको खाजा लिएको देखिन्छ। स्रोतका अनुसार एक महिनामा झन्डै पाँच लाख रुपैयाँबराबरको खाजा खर्च गरिएको भनिएका बिल नक्कली हुन्।

पाँच लाख खर्च भएको देखाउन नक्कली बिल बनाइएका हुन्। ‘वीर अस्तपाल वरिपरि क्याफे हुँदाहुँदै माइतीघर किन जानुप९यो। त्यसमा पनि अस्पतालभित्रै क्यान्टिन छ। त्यसैले माइतीघरको क्याफेबाट तयार गरेको बिल नक्कली हुन्,’ स्रोतले भन्यो, ‘अस्पताल प्रशासनले तयार गरेका केही बिलमा सार्वजनिक बिदाका दिन पनि खाजा खर्च भएको देखाइएको छ।’

यस विषयमा डा। सेञ्चुरीसँग जिज्ञासा राख्दा उनले केही ‘बदमास’ ले आफूविरुद्ध गलत प्रचार गरेको बताए। ‘अनियमिता भएकै छैन,’ उनले भने, ‘केही बदमासले गलत प्रचार गरिरहेका छन्।’आजको नागरिक दैनिकमा भुवन शर्माले खवर लेखेका छन् ।


मेलम्ची पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न मन्त्री मगरको निर्देशन
मेलम्ची पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न मन्त्री मगरको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।   उनले बिहीबार निर्माणस्थल नि..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

निर्माणाधीन ढल्केवर सबस्टेसन पुसभित्रै सञ्चालन हुने
निर्माणाधीन ढल्केवर सबस्टेसन पुसभित्रै सञ्चालन हुने

धनुषा । निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।   निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६..

चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार
चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौँ । शुल्क फिर्ताको माग लिएर आन्दोलित चिकित्साशास्त्रका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले बुधबार बीडीएस र नर्सिङ विष..