हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

पर्सा । हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ परेको छ । 

पक्राउ पर्नेमा बिरजंग महानगरपालिका वडा नम्बर १६ बस्ने आवाश अलि र सोही ठाउँ बस्ने अस्ताक आलम रहेको प्रहरीले बताएका छन् । उनीहरुलाई १३ असोजको राती प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नम्बर ४ नारायणी अस्पताल अगाडि सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले ना४९ प ६८२४ नम्बरको मोटरसाइकल चालक अलि र ना५७ प ३०६ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने आलमको साथबाट स्रोत खुलाउन नसकिएको अवैध नगद १२ लाख ४ हजार ५ सय रुपैया फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 


दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा
दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।..

नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद
नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद

गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार साँझ जुवाखालबाट जुवाडेहरुको हुललाई नै पक्राउ गरेको छ ।  गैँडाकोट नगरपालिका –१०, भैँसाखोरीमा रहेक..

प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद
प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा भारी नगदसहित जुवाडेको हुल नै पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको नेपाल प्रहरीको टोलीले कपनका नोर्बु लामाको घरम..

सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने
सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्गले सत्तारुढ दल (ने.क.पा.) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्दै भेटवार्ता गर्दैछन..