सभामुख महरा प्रकरण: रोशनी शाही र उनका श्रीमानको डिभोर्स


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
सभामुख महरा प्रकरण: रोशनी शाही र उनका श्रीमानको डिभोर्स

काठमाडौं । संसद् सचिवालयकी रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद भएको छ ।

बिहीबार शाहीका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई आफूहरुले टुंग्याउने निर्णय गरेको पत्र चित्र जंगले फेशबुकमार्फत सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरिएको पत्रमा भनिएको छ ‘प्रीय जनहरु, ‘थुप्रै उचार चढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदा रहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं ।’

रोशनी शाहीले सभामुख कृष्ण बहादुर महराले कोठामै आएर आफूमाथि बलात्कार गरेको भन्दै मिडियामार्फत सार्वजनिक गरेकी थिइन् । तर शाहीले भोलिपल्टै सभामुखबाट आफुमाथि कुनै दुर्व्यवहार नभएको भन्दै बोली फेरेकी थिइन् ।

उनले प्रहरीमा जाहेरी दिन र स्वास्थ्य परिक्षण गराउन समेत अस्विकार गरेकी छन् । घटना हुँदा उपत्यका बाहिर रहेका चित्रजंगले काठमाडौं फर्केपछि श्रीमतीसँग अलग हुने निर्णयमा पुगेका हुन् ।


दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा
दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।..

नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद
नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद

गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार साँझ जुवाखालबाट जुवाडेहरुको हुललाई नै पक्राउ गरेको छ ।  गैँडाकोट नगरपालिका –१०, भैँसाखोरीमा रहेक..

प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद
प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा भारी नगदसहित जुवाडेको हुल नै पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको नेपाल प्रहरीको टोलीले कपनका नोर्बु लामाको घरम..

सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने
सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्गले सत्तारुढ दल (ने.क.पा.) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्दै भेटवार्ता गर्दैछन..