‘सांस्कृतिक क्रान्तिका नाममा रीतिरिवाज तोड्नु हुँदैन’


रासस प्रकाशित: २०७६-६-१६ गते
‘सांस्कृतिक क्रान्तिका नाममा रीतिरिवाज तोड्नु हुँदैन’

काठमाडौँ । विजयादशमीका अवसरमा कामपा–५ हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले बुधबार आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न हुँदैन भने । रक्षामन्त्री पोखरेलले भने, ‘मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्छ । धर्म, संस्कृति हाम्रा पुर्खाको देन हो, त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’

सो अवसरमा पूर्वमन्त्री डा प्रकाशशरण महतले समाजको सांस्कृतिक परम्परा जोगाउन क्लबले गरेको प्रयास धेरैका लागि अनुकरणयोग्य भएको बताए । हाम्रो परम्परागत धर्म, संस्कृति पनि समृद्धि र पहिचानका आधार रहेको उल्लेख गर्दै उनले सरकार पनि यसबारे अलि गम्भीर हुनुपर्छ भने ।

साहित्यकार रोचक घिमिरेले हाँडीगाउँ संस्कृति र धार्मिक परम्पराले समृद्ध रहेको बताए । पूजा व्यवस्थापन समितिका अध्यक्ष सुदीप समद्दारले भाषा, संस्कृति र परम्परागत रीतिरिवाजका हिसाबले नेपाल विश्वकै धनी मुलुक हो भने ।


कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे
कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे

काठमाडौं । कोरोना भाइरसको संकेत देखिएका ९ देशका विरामी निको भएका छन् ।  नेपालसहित ९ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका हुन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजि..

बस दुर्घटनामा परि तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गयो
बस दुर्घटनामा परि तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गयो

काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ । भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा ६ नेपालीको ज्यान गएको हो । नेपाली तीर्थ..

कोरोना भाइरसले लियो २ हजार ११८ जनाको ज्यान
कोरोना भाइरसले लियो २ हजार ११८ जनाको ज्यान

काठमाडौं । कोरोना भाइरसले दुई हजार ११८ जनाको ज्यान गएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसक..

भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नेले ७० करोडको डिलिङ गर्ने ?
भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नेले ७० करोडको डिलिङ गर्ने ?

काठमाडौं । सांसद् सुदन किरातीले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन् ।  किरातीले बाँस्कोटाले ७० करोड कमिसनका लागि सेट..