भट्टीको खाल्डोमा डुबेर संचालकसहित एकै परिवारका ५ जनाको मृत्यु


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
भट्टीको खाल्डोमा डुबेर संचालकसहित एकै परिवारका ५ जनाको मृत्यु

बारा । मदिरा भट्टीको खाल्डोमा डुबेर एकै परिवारका ५ को मृत्यु भएको छ । 

फेटा गाउँपालिका वडा नम्बर ४, बतरास्थित जोगा मुखिया बिनको मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा उनका भाइ बुहारीसहित परिवारका ५ जना डुबेका हुन् । खाल्डोमा डुबेर मदिरा भट्टी संचालक ४० बिनसहित, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, भाइ ३५ वर्षीय महेन्द्र मुखिया, भाइबुहारी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको हो । 

भारतीय नागरिक लालमुनी देवीको मृत्यु भएको छ । उनीहरु बुधबार बेलुकी ८ बजे भट्टीको खाल्डोमा डुबेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विकासराज खनालले जानकारी दिए ।


‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’को बृहत प्रदर्शनी प्रारम्भ
‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’को बृहत प्रदर्शनी प्रारम्भ

काठमाडौं । नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा ३ दिने बृहत प्रदर्शनी प्रारम्भ..

६ महिनादेखि बन्धक २ जना नेपाली युवतीको उद्धार
६ महिनादेखि बन्धक २ जना नेपाली युवतीको उद्धार

भारत । ६ महिनादेखि बन्धक बनाई राखिएका २ जना नेपाली युवतीलाई गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले माइती नेपाल र भा..

घुस रकमसहित खानेपानीका प्राविधिक परे अख्तियारको फन्दामा
घुस रकमसहित खानेपानीका प्राविधिक परे अख्तियारको फन्दामा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले भेरीगंगा नगरपालिकाका एक जना प्राविधिक घुस रकमसहित पक्राउ गरेको छ ।  अख्तियारको टोलीले &n..

आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन
आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन

काठमाडौँ । आमरण अनसन बसेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् ।   बिहिबार फागुन १ बाट धनगढीमा आमरण अनसन बसेका थारुको माग सम्बोधनका..