अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टामै जन्मियो बच्चा


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टामै जन्मियो बच्चा

काठमाडौं । अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । 

अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको बताए ।

अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए । त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् । उनले छोरीलाई जन्म दिएकी छिन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई । जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।


दक्षिण कोरियामा कोरोनाको त्रास बढेसँगै २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह
दक्षिण कोरियामा कोरोनाको त्रास बढेसँगै २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियामा कोरोनाको त्रास बढेपछि २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह गरेका छन् । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ-जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीव..

पाकिस्तानविरुद्ध चीनले भारतलाई दियो साथ, पाकिस्तानले प्रतिबद्धता पुरा गर्नै पर्ने
पाकिस्तानविरुद्ध चीनले भारतलाई दियो साथ, पाकिस्तानले प्रतिबद्धता पुरा गर्नै पर्ने

चीन । चीनले पाकिस्तानविरुद्ध भारतलाई साथ दिने भएको छ । आतंकवादी संगठनले प्राप्त गर्ने पैसा रोक्न असफल भएको भन्दै चीन र साउदी अरबले पाकिस्तानमाथि कडाई गर्ने भएका हो ।  ..

अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए
अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

काठमाडौं । सोमालियामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् । यस कारबाहीको क्रममा सर्वसाधारणतर्फ कुनै हताहत नभएको संयुक्त..

पाकिस्तानमा मुस्लिम ज्यादतीविरुद्ध हिन्दुहरु आन्दोलित, बेलायतमा पनि प्रदर्शन, इमरानलाई आपत
पाकिस्तानमा मुस्लिम ज्यादतीविरुद्ध हिन्दुहरु आन्दोलित, बेलायतमा पनि प्रदर्शन, इमरानलाई आपत

इस्लामावाद । मुस्लिम राष्ट्र पाकिस्तानमा हिन्दु समुदायको आन्दोलन चर्किएको छ । मुसलमानहरुले आफूमाथि ज्यादती गरेको र राज्यले समेत त्यसलाई सहयोग गरेको भन्दै हिन्दुहरु आन्दोलनमा उ..