फरार प्रतिवादी राधेमाईचोकबाट पक्राउ 


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
फरार प्रतिवादी राधेमाईचोकबाट पक्राउ 

वीरगञ्ज । लागूऔषध मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-१३ स्थित राधेमाईचोकबाट वीरगंज महानगरपालिका(२३ सबैठवाका ३६ वर्षीय सोनालाल प्रसाद कुशवाहा रहेका छन् । पर्सा जिल्ला अदालतको २०७१ बैशाख ०४ गतेको फैसला आदेशले लागूऔषध खैरो हेरोईन मुद्दामा दोषी ठहर गर्दै उनी विरुद्ध ६ बर्ष कैद र १० हजार रुपैयाँ जरीवाना तोकिएको थियो । 

त्यसबेला देखि नै उनी फरार थिए । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लको कमाण्डमा खटिएको टोलीले असोज १५ गते वीरगञ्ज महानगरपालिका वडा नं १३ राधेमाई चोकबाट उनलाई नियन्त्रणमा लिएको थियो । आवश्यक कारबाहीका लागि उनलाई पर्सा जिल्ला अदालत बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा
दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।..

नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद
नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद

गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार साँझ जुवाखालबाट जुवाडेहरुको हुललाई नै पक्राउ गरेको छ ।  गैँडाकोट नगरपालिका –१०, भैँसाखोरीमा रहेक..

प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद
प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा भारी नगदसहित जुवाडेको हुल नै पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको नेपाल प्रहरीको टोलीले कपनका नोर्बु लामाको घरम..

सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने
सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्गले सत्तारुढ दल (ने.क.पा.) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्दै भेटवार्ता गर्दैछन..