कांग्रेससँग डरायो नेकपा, महरा काण्डमा लियो यस्तो निर्णय


नेपालपाना प्रकाशित: २०७६-६-१७ गते
कांग्रेससँग डरायो नेकपा, महरा काण्डमा लियो यस्तो निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले सभामुख पद नछोड्ने निर्णय लिएको छ। यौन दुर्व्यवहारमा मुछिएर वर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको पदमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो। 

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने अडान लिँदै आएको प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने र आफूले पाउनुपर्ने दाबी गर्दै आएका बेला नेकपा कुनैहालतमा सभामुख आफू लिने र उपसभामुख अर्काे पार्टीको बनाउने निष्कर्षमा पुगेको हो। ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’

संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै एक पद छोड्नुपर्नेमा नेकपाले अनेक बहाना गरेको आरोप लगाउँछन्। ‘सभामुख वा उपसभामुखमध्ये उहाँहरूले एक पद पहिल्यै छोडनुपथ्र्यो,’ अधिकारी भन्छन्, ‘त्यतिबेला अनेक बहाना बनाउनुभयो। अब पनि बहाना बनाउनुभयो भने संविधानमाथि आक्रमण हुन्छ।’

प्रतिनिधिसभाको निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तत्कालीन एमालेबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए। तर दुवै पार्टी एकतापछि एकै दलको सभामुख र उपसभामुख बनेको भन्दै कांग्रेसले विरोध जनाएको थियो। नेकपाले कुनै एक पद नछोडेपछि त्यससम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। 

यस्तो छ अभ्यास

नयाँ संविधान जारी भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले एकापसमा राजीनामा साटासाट गरे। सभामुखले उपसभामुख र उपसभामुखले सभामुखसमक्ष राजीनामा दिने संसद् नियमावलीको व्यवस्थाअनुसार एकैसाथ दुवै जनाले राजीनामा साटासाट गरेका कारण त्यतिबेला राजीनामाको प्रक्रिया विवादमा परेन। दुवै जनाले राजीनामा दिएपछि जेष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरे। संसद् सचिवालयले सभामुख र उपसभामुखको नयाँ प्रक्रिया सुरु गर्‍यो। अन्नपूर्ण पोस्ट


मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी
मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी

इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले एकल निणर्य गरी सोमबार १२ जना कर्मचारीलाई निकालिदिएका छन् । चौधरीले करार सम्झौता सकिएको समयमा नवीकरण नगरी इटहरी उपमहानगरपालिकामा कार्यरत..

कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि संशोधन
कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि संशोधन

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका फेरि संशोधन गरेको छ।  सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय ललितपु..

राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..

‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’
‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हतार गर्नु नपर्ने बताएका छन् ।  नवनिर्वाचित सभामुख सापकोटाले एमसीसीबारे बहस भइरहेको भ..