आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै


नेपालपाना प्रकाशित: २०७६-६-२६ गते
आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै

काठमाडौं । चीनियाँ राष्ट्रपति सी जिनपिङ्ग नेपाल भ्रमण सकेर स्वदेश फर्कने भएपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आजपनि साढे दुई घण्टासम्म उडान÷अवतरण बन्द गरिने भएको छ । 

शनिबार नेपाल आएका सी आज दिउँसो साढे १२ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । सोही कारण बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

शनिबार चिनियाँ राष्ट्रपति सी आउने क्रममा पनि दिउँसो २ बजेर ५५ मिनेटदेखि बेलुकी ५ बजेर २५ मिनेटसम्म सबै उडान र अवतरण रोकिएका थिए । यसैगरी, आइतबार पनि काठमाडौंको रिङरोडभित्र ठूला मालवाहक गाडी प्रवेशमा रोक लगाइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्थालाई ध्यान दिएर शनिबार र आइतबार रिङरोडभित्र ठूला गाडी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले काठमाण्डौ उपत्यकामा अनावश्यक गाडी प्रयोग नगर्न र अनावश्यक हर्न नबजाउन पनि आग्रह गरेको छ । 

नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् । सीको सुरक्षाका लागि चिनीयाँ सुरक्षाकर्मीको टोली पनि काठमाडौंमा परिचालित भएको छ ।


अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए
अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए

धादिङ । रुबीभ्याली गाउँपालिका-१ को सोदाङ भन्ने ठाउँमा अष्ट्रियाका ७० वर्षीय व्लिहिम व्हिन्डर शनिबार टेन्टमा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।   अत्याधिक चिसो बढे..

आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ। ४० औं पर्यटन दिवसको नारा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ भन्ने तय गरिए..

नेपाल एअरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने 
नेपाल एअरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने 

काठमाडौं । ७० बर्ष कटेका जेष्ठ नागरिकले नेपाल एअरलाइन्सको जहाज चढ्ृदा ५० प्रतिशत भाडा छुट पाउने भएका छन् । राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ न..

बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 
बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 

काठमाडौं । मौसम प्रतिकुल भएकाले बर्षा रोकिएपछि मात्रै आरोहीहरुलाई हिमाल आरोहण गराउन पर्यटन विभागले आग्रह गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाले निरन्तर परिरहेको झरी अझै..