कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने


नेपालपाना प्रकाशित: २०७६-६-२६ गते
कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहनेछ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उपत्यकाका तीन जिल्लाले केन्द्रीय कार्यालयमा संयुक्त रुपमा र अन्य जिल्लाहरुले सम्बन्धित पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्नेछन्।

चियापानका लागि बोलाइएका आगन्तुकलाई पार्टी सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीले स्वागत गर्नेछन्। राज्यका सवै क्षेत्रमा उपल्लो तहमा रहेका व्यक्तिहरुलाई कांग्रेसले निमन्त्रणा गरेको छ।


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..