जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी


नेपालपाना प्रकाशित: २०७६-६-२७ गते
जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी

रुकुमकोट । जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा १० जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ । 

शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर खाएका रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा बिरामी परेका हुन् ।

बिरामी परेकामध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल रुकुमले जानकारी दिएको छ । अरिङ्गाल खाएपछि बान्ता हुने, मुर्छा पर्नेजस्ता समस्या देखा परेपछि बिरामीहरुलाई उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

सामान्य उपचारपछि उनीहरुलाई थप उपचार गर्न जिल्ला अस्पताल रुकुमकोट ल्याईएको छ । अहिले बिरामीहरुको उपचार भईरहेको जिल्ला अस्पताल रुकुमपूर्वले जानकारी दिएको छ ।


बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला
बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला

बाँके ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्..

गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो
गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो

काठमाडौं । बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ। सत्तरी करोडको कम..

गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा
गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा

काठमाडौं । नेकपाको सचिवालय बैठक कुनै निर्णय बिना सकिएको छ । ७५ करोड कमिसन प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथिको कारबाहीबारे छलफल गर्न..

गम्भीर राष्ट्रिय विमर्शबिना यो के तमासाको तयारी हो कमरेडहरू ?
गम्भीर राष्ट्रिय विमर्शबिना यो के तमासाको तयारी हो कमरेडहरू ?

काठमाडौं । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि शनिबार कमिटी गठन भएकाे छ । नेकपाले माधवकुमार नेपालको संयोजकत्वमा यसरी कमिटी गठन गरेपछ..