मृत शिशु पाएपछि घरैमा अलपत्र सरलमायाको हेलिकोप्टरबाट उद्दार


नेपालपाना प्रकाशित: २०७६-६-२८ गते
मृत शिशु पाएपछि घरैमा अलपत्र सरलमायाको हेलिकोप्टरबाट उद्दार

रुकुम । मृत शिशु पाएर थला परेकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हेलिकप्टरबाट सोमबार पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए । 

यही असोज १७ गते स्वास्थ्यचौकी मैकोटमा मृत शिशुको जन्म दिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । स्वास्थ्यकर्मीले विशेषज्ञ डाक्टरकहाँ गएर औषधोपचार गर्न सल्लाह दिए पनि परिवारको लापरवाहीका कारण उनी घरमै बसिरहेकी थिईन।

१७ गतेदेखि बिरामी पर्नुभएकी पुन आज बिहान अचेत अवस्थामा पुगेपछि हेलिकप्टरबाट उद्धार उपचारका लागि पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।


कोरोना भाइरसले लियो ५ जना इरानीको ज्यान, २८ जनामा सङ्क्रमण
कोरोना भाइरसले लियो ५ जना इरानीको ज्यान, २८ जनामा सङ्क्रमण

काठमाडौं । इरानमा कोरोना भाइरसको सङ्क्रमणबाट ५ जनाको ज्यान गएको छ । अहिलेसम्म इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ। इरानमा १० जना नयाँ कोरोनाका बिरामी फेला..

स्वास्थ्यकर्मी आक्रोशित, खोप कार्यक्रम प्रभावित
स्वास्थ्यकर्मी आक्रोशित, खोप कार्यक्रम प्रभावित

सर्लाही । हरिपुर नगरपालिका अन्तर्गत रहेका ५ स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मचारीलाई नगरपालिकाले फिर्ता गरेको भन्दै स्वास्थ्यकर्मी आक्रोशित बनेका छन् । नगरपालिकाअन्..

कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे
कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे

काठमाडौं । कोरोना भाइरसको संकेत देखिएका ९ देशका विरामी निको भएका छन् ।  नेपालसहित ९ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका हुन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजि..

वृद्ध र बिरामीमा कोरोना भाइरस संक्रमणको बढी जोखिम
वृद्ध र बिरामीमा कोरोना भाइरस संक्रमणको बढी जोखिम

बेइजिङ । चीनमा महामारीका रूपमा देखिएको कोरोना भाइरसबारे गरिएको हालसम्मकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष चिनियाँ स्वास्थ्य अधिकारीले सार्वजनिक गरेका छन् । कोरोना भाइरस संक..