नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 


नेपालपाना प्रकाशित: २०७६-६-२८ गते
नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ ।

दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानमाथि गरिएको निलम्बन सशर्त फुकुवा गरेको हो । साथै आईसीसीले जिम्बाब्वे क्रिकेट संघमाथि लगाएको निलम्बन पनि फुकुवा गरेको छ । तर आईसीसीले के–के शर्तमा नेपाल क्रिकेट संघमाथि लगाएको निलम्बन फुकुवा गरेको हो भन्नेबारे केही खुलाएको छैन ।

आईसीसीका अध्यक्ष शंशाक मनोहरले निलम्बन फुकुवाका बारेमा भने, ‘नेपाली क्रिकेटमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसियट सदस्यको रुपमा सबै मापदण्ड अनुपालन गराउनका लागि नेपाल क्रिकेट संघका लागि एउटा संक्रमणकालीन योजना पनि अघि सारिनेछ । जसमा नियन्त्रित फण्डिङ पनि पर्नेछ ।’

निलम्बन फुकुवाका लागि आईसीसीले केही शर्तहरु भने अघि सारेको जनाइएको छ । आईसीसीको बोर्ड बैठकमा क्यान निलम्बन फुकुवाबारे गम्भीर छलफल भएको थियो ।

तत्कालीन समयमा भएको अधिवेशनबाट चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रिय खेलकुद परिषद् राखेपले उक्त अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता नदिएर नयाँ तदर्थ समिति गठन गरेको थियो । त्यसपछि क्यानमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो ।

निलम्बन फुकुवा गर्नका लागि आईसीसीले आफ्नो रोडम्याप नेपाललाई दिएको थियो । आईसीसीले दिएको रोडम्यापअनुसार विधान संशोधन गरेर जिल्ला, प्रदेश कार्यसमितिका साथै केन्द्रीय कार्यसमितिको निर्वाचन भएको थियो । असोज ११ गते भएको निर्वाचनबाट पनि चन्द नै अध्यक्ष भएर आएका छन् ।

यतिबेला भएको निर्वाचनलाई राखेपले पनि मान्यता दिइसकेको छ भने आईसीसीले पनि स्वागत गरेको थियो । आईसीसीका प्रतिनिधिको निगरानीमा भएको अधिवेशनलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका थिए ।

आईसीसीले क्यान निलम्बनको फुकुवाका लागि आर्थिक पारदर्शीताको कुरालाई पहिलो प्राथमिकतामा राखेको थियो । यसअघि पनि पटक–पटक क्यानमा आर्थिक अनियमितता हुने गरेको उजुरी आईसीसीसमक्ष पुग्ने गरेकाले यस पटक यस विषयमा आईसीसीले चासो देखाएको हो । आर्थिक पाटोका साथै क्यानको कार्यालय व्यवस्थापनको विषयमा पनि आईसीसीले शर्त राखेको छ ।

केही समयका लागि आईसीसीले नै आफ्नो मातहतमा रहेर काम गर्न निर्देशन पनि दिन सक्नेछ । क्यानको नयाँ निर्वाचन भएपछि तत्कालै उसको कार्यालय सञ्चालनका लागि बजेट छैन, क्यानको खाता फेरि खुलाउन पनि प्रक्रिया अघि बढाउनु पर्नेछ । 


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..