कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो


नेपालपाना प्रकाशित: २०७६-६-२८ गते
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ । 

हाल 'ग्रे लिस्ट'मा रहेको पाकिस्तानलाई त्यो भन्दा पनि खराब 'डार्क ग्रे' सूचीमा राख्न भारतले आर्थिक कुटनीतिक लबिईङ गरेपछि समस्या परेको हो । हाल पाकिस्तानलाई एफएटीएफले 'ग्रे लिस्ट'मा राखेको छ ।

यो पनि पढ्नुहोस : आतंकवादबारे पाकिस्तानले झुठ बोल्यो, एफएटीएफको 'ग्रे लिस्ट' मै रहने पक्कापक्की 

आफुले आतंकवादमा भईरहेको लगानी नियन्त्रणमा उल्लेख्य काम गरेको ब्यहोरासहित पाकिस्तानले आगामी शुक्रमबार एफएटीएफमा एक प्रतिवेदन पेश गर्दैछ । तर एफएटीएफले भने पाकिस्तानलाई थप 'डार्क ग्रे लिस्ट'मा राख्ने तयारी थालिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको खबरमा उल्लेख छ ।

एफएटीएफले पाकिस्तानबारे आगामी शुक्रबार अर्थात अक्टोबर १८ मा आवश्यक फैसला गर्नेछ । हाल कायम 'ग्रे लिस्ट'बाट बाहिर निस्कन खोजिरहेको पाकिस्तानलाई अहिलेसम्म कुनै पनि देशले समर्थन दिएका छैनन । हाल पेरिसमा एफएटीएफको बैठक बसिरहेको छ । तर पाकिस्तानलाई सो बैठकमा सहभागी अधिकांश देशले हालसम्म समर्थन दिने छाँटकाँट देखाएका छैनन् । 

के हो एफएटीएफको 'ग्रे' र 'ब्ल्याक' लिस्ट ?
 जी–७ समूहमा रहेका मुलुकहरुको पहलमा सन् १९८९ मा एफएटीएफको स्थापना भएको थियो । यो संगठनमा ३७ मुलुक सदस्य छन्, जसमा भारत पनि सहभागी छ ।
मुद्रा अपचलन र आतंकवादका क्षेत्रमा हुने लगानी नियन्त्रण गर्नु नै एफएटीएफको मुख्य उद्देश्य हो । यस्तो काम गर्न नसक्ने मुलुकहरुलाई एफएटीएफले खराब सूचीमा राख्ने गर्छ, जसका कारण ती देशले वित्तीय पारदर्शीतामा प्रश्नदेखि बैदेशिक लगानीसम्मका क्षेत्रमा समस्या ब्यहोर्नुपर्छ । 
एफएटीएफले यस्ता मुलुकहरुलाई 'ब्ल्याक' र 'ग्रे' गरी दुईवटा सूचीमा राख्ने गर्छ । 'ग्रे लिस्ट' मा परेका मुलुकहरुले अन्तर्राष्ट्रिय संस्थाहरुबाट सहायता लिन कठिनाइ ब्यहोर्नुपर्छ । 'कालोसूची'मा पर्ने मुलुकहरुमा चाहिँ अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्ने बाटो पूर्ण रुपमा बन्द गरिन्छ ।

एफएटीएफ स्रोतका अनुसार पाकिस्तानमाथि थप ठूलो कारबाही हुन सक्छ र उसलाई 'डार्क ग्रे लिष्ट'मा राख्ने सम्भावना निकै बढी छ । यसो भएमा पाकिस्तानका लागि एफएटीएफको यो अन्तिम चेतावनी हुनेछ कि उसले अन्तिम अवसरको राम्ररी सदुपयोग गरोस । अन्यथा, पाकिस्तान जुनसुकै बेला एफएटीएफको कालोसूचीमा पर्न सक्नेछ । 

एफएटीएफ बैठकमा अहिले देखिएको संकेतअनुसार कुनै पनि देशले पाकिस्तानको समर्थन नगर्ने अवस्था सृजना भएको छ । इस्लामाबादले आतंकवाद नियन्त्रणमा ठोस कदम नचाल्नु नै यसको प्रमुख कारण हो । 

यसैबीच आतंकवादविरुद्ध कारबाही गर्नका लागि पाकिस्तानलाई प्राप्त हुन लागेको सहायता राशीबारे पनि एफएटीएफ बैठकले फैसला गर्नेछ । यदी यो फैसला पाकिस्तानको विपक्षमा भएमा प्रधानमन्त्री इमरान खानको अपेक्षा थप धुलिसात बन्नेछ । पाकिस्तान 'ब्ल्याक लिस्ट'मा परेको अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकजस्ता वित्तीय संस्थाहरुबाट अनुदान तथा ऋण लिन मुस्किल पर्नेछ । 

हाल एफएटीएफको ग्रे लिस्टमा रहेको पाकिस्तानले यसबाट बाहिर निस्कन निकै कोशिस गरिरहेको छ । मुद्रा अपचलन नियन्त्रण र आतंकवादमा लगानी रोक्न एफएटीएफले पाकिस्तानलाई अक्टोबरसम्मको समय दिएको छ । 


विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरि..

अबदेखि १००० रुपैयाँको सामान किन्दा ९०० तिरे हुने, यस्तो छ विद्यूतीय भुक्तानी योजना
अबदेखि १००० रुपैयाँको सामान किन्दा ९०० तिरे हुने, यस्तो छ विद्यूतीय भुक्तानी योजना

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई जागरुग गराइ अनिवार्य बिल लिने व्यवस्थाका लागि यस वर्षदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्नेलाई कर फिर्ता हुने योजना अघि सारेको छ।..

अवैध रुपमा भारत लैजाँदै गरिएको छोकडा नियन्त्रण गर्न खोज्दा झडप, १२ राउन्ड हवाइ फायर
अवैध रुपमा भारत लैजाँदै गरिएको छोकडा नियन्त्रण गर्न खोज्दा झडप, १२ राउन्ड हवाइ फायर

सिम्रौनगढ (बारा) । अवैध रुपमा भारत लैजाँदै गरेको छोकडा नियन्त्रणमा लिन खोज्दा बाराको सतुआही नाकामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । सिम्रौनगढ नगरपालिका–७ स्थि..

झन् बढ्यो विदेशी मुद्राको भाउ (विनिमयदर सूचीसहित)
झन् बढ्यो विदेशी मुद्राको भाउ (विनिमयदर सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरि..