वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग


नेपाल पाना प्रकाशित: २०७६-६-२९ गते
वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार सञ्चालनबारे आलोपालोमा सहमति भएको खुलासा गरेका छन् ।

बुधबार नेकपाले बडादशैं, दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेता गौतमले यस्तो खुलासा गरेका हुन् ।

उनकाअनुसार अध्यक्षद्धय ओली र प्रचण्डबीच सरकार सञ्चालनमा आलोपालोको सहमति भएको र ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री बन्नेछन् । उनले भने,‘अध्यक्षद्धयबीच आलोपालो सहमतिमा सरकार सञ्चालन गर्ने भद्र सहमति भएको छ । ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ ।’ आलोपालोको सहमति भएको वा नभएको भन्नेबारे पार्टीभित्रै मत विभाजित रहेको बेला पछिल्लो समय ओलीसँग निकट सम्बन्ध बनाएका नेता गौतमबाट यस्तो खुलासा हुनुले नेकपामा नयाँ तरंग पैदा गरेको छ ।


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..