नेपाललाई ओखर बेचेर चीनले लग्यो १७ करोड


नेपालपाना प्रकाशित: २०७६-६-३० गते
नेपाललाई ओखर बेचेर चीनले लग्यो १७ करोड

रसुवा । ओखर बेचेर चीनले नेपालबाट १७ करोड ६३ लाख रुपैयाँ लगेको छ । देशमै उत्पादन भएको ओखर बजारीकरण हुन नसक्दा चाडपर्वमा अत्याधिक माग हुँदा चीनियाँ ओखरले नेपाली बजार लगभग कब्जाजस्तै गरेको छ । 

रसुवागढी नाका हुँदै २०७४ साउनदेखि यही असोज २७ गतेसम्म १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको ओखर आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

यो अवधिमा रसुवागढी भन्सार हुँदै चीनबाट नेपालमा ७ लाख ५० हजार ८ सय ६८ केजी ओखर आयात भएको तथ्यांकले देखाएको छ । आयातितमध्ये ७२.५२ प्रतिशत अर्थात ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर हो । 

यसैगरी, २ लाख ६ हजार ३ सय ३२ केजी नछोडाएको ओखर आयात भएको छ ।







प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति
प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मासहित दुई पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति जुटेको छ ।  अख्तियार दुरुपयोग अनुसन..

संवैधानिक परिषदको बैठक बालुवाटारमा बस्दै
संवैधानिक परिषदको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । संवैधानिक परिषदको बैठक बालुवाटारमा बस्दै छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बाँकी रहेका सबै आयोगमा पदाधिकारी सिफारिश गर्ने बताइएको छ ।

उपचुनाव : स्थानीय तहका लागि उम्मेदवारी दर्ता आज
उपचुनाव : स्थानीय तहका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचन अन्तर्गतको स्थानीय तहका लागि उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गर्दैछन् । सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद..

युट्युबेले भाइरल बनाएका नक्कली बाबाकी श्रीमतीलाई पाँच दिन थुनामा राख्न अनुमति
युट्युबेले भाइरल बनाएका नक्कली बाबाकी श्रीमतीलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । अघोरी बाबाका नाममा अनेक हर्कत गर्दै चर्चामा आएका विजय केसीकी श्रीमती शारदा पाण्डेलाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।&nb..