२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै


रासस प्रकाशित: २०७६-७-१ गते
२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

काठमाडौँ । देशका सबै स्थानीय तहले कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा सो कार्यक्रम गर्ने भएको हो । 

कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि ९अल्वान्डाजोल०, छ महीनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।

मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ ।

ती कार्यक्रमका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ ।

सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए । उनले भने “भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।”

किन आवश्यक पर्छ भिटामिन ए

बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताए ।

यसैगरी सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्वान्डाजोल खानापछि खुवाइने छ । जुकाका कारण रक्त अल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ ।

यसैगरी बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । हाल पाँचवर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन् ।

पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहाराका बारेमा जानकारी दिइने कार्यक्रमअन्तर्गत रहेको छ । बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ । ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।


‘पूर्ण खोप अभियान’ अत्यन्तै ठूलो र चुनौतीपूर्ण छः मन्त्री घिमिरे
‘पूर्ण खोप अभियान’ अत्यन्तै ठूलो र चुनौतीपूर्ण छः मन्त्री घिमिरे

विराटनगर । प्रदेश नं.१ का सामाजिक मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मात्रै सहभागिताले ‘पूर्ण खोप अभियान’ सार्थकता नहुने बताएका छन् ।  स्वास्थ्य तथा जन..

पेटको दुखाईले हैरान हनुहुन्छ ? अपनाउनुस् यी घरेलु उपाय
पेटको दुखाईले हैरान हनुहुन्छ ? अपनाउनुस् यी घरेलु उपाय

काठमाडौं । पेट दुख्ने समस्या हामी सबैको साझा समस्या नै हो । यसको समस्या धेरैमा पाइन्छ । पेट दुखेमा बजारमा धेरै औषधीहरु पाइन्छन ।   तर, बजारमा पाइने औषधी भन्दा घरेलु उप..

पुरुषका लागि बन्यो गर्भनिरोधक सुई, एक पटक लगाए १५ वर्षसम्म बच्चा नहुने 
पुरुषका लागि बन्यो गर्भनिरोधक सुई, एक पटक लगाए १५ वर्षसम्म बच्चा नहुने 

काठमाडौं । अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए । तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन् । त्यो सुई एक पटक लगाएको खण्डमा १..

एचआइभी एड्सकाबाट तनहुँमा ३७ जनाको मुत्यु
एचआइभी एड्सकाबाट तनहुँमा ३७ जनाको मुत्यु

तनहुँ । हालसम्म तनहुँमा एचआइभी एड्सकाबाट ३७ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेको संख्या दमौली अस्पतालमा रहेको एआरटि शाखाले दिएको तथ्याङकमा उल्लेख छ । जिल्लामा अहिले ती..