गाडिएको शिशु ७ दिनपछि चिहानमा रोएपछि...


नेपाल पाना प्रकाशित: २०७६-७-१ गते
गाडिएको शिशु ७ दिनपछि चिहानमा रोएपछि...

काठमाडैं । गाडिएको शिशु सात दिनपछि चिहानमा रोइन् । जमिनमुनी बच्चा रोएको सुनेपछि चिहानमा काम गर्ने चकित परे । उनीहरु यताउता हेर्न थाले । जब जमिनमुनी बच्चा रोएको थाहापाए भोगदौड भयो ।

हतार हतार औजार ल्याए । तीन फिट मुनीबाट बच्चा निकाले। शिशु जिउँदो भेटिइन् । उनलाई अस्पताल पुर्याए । शिशुको अवस्था खतरामुक्त छ । यो घटना भारतको उत्तर प्रदेशको बरेलीको हो । जहाँ सात दिनअघि मृत घोषित गरी चिहानमा गाडिएकी शिशु जिउँदो भेटिइन् ।

गाडिएकी बच्चा जिउँदो मात्र भेटिइनन् ६५ ग्राम तौल बढेको अवस्थामा पाइन् । प्याक गरी भाडोभित्र बच्चालाई गाडिएको कारण उनी जमिनभित्र पनि सुरक्षित भइन् ।

शिशुको बाबुआमा पत्ता नलागेको बुझिएको छ । उनलाई नियोजित रुपमा गाडिएको हुनसक्ने सम्भावना पनि रहेको बताइएको छ । मृत भएको ठानेर गाडिएको हुनसक्ने बारे पनि त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शिशु सामान्य अवस्थामा आइरहेको चिकित्सकको भनाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । उनलाई एन्टिबायोटिक दिइएको छ । दूध पिलाइएको छ ।







बोलिभियाकी विपक्षी सांसद जेनीले स्वयंलाई गरिन् राष्ट्रपति घोषणा
बोलिभियाकी विपक्षी सांसद जेनीले स्वयंलाई गरिन् राष्ट्रपति घोषणा

काठमाडौं । बोलिभियाकी विपक्षी सांसद जेनी एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी छिन् । दक्षिण अमेरिकी देश बोलिभियामा राजनीतिक तनाव चुलिँदै जाँदा राष्ट्रपति इभो मोरा..

बङ्लादेशमा रेल दुर्घटना, १६ जनाको मृत्यु 
बङ्लादेशमा रेल दुर्घटना, १६ जनाको मृत्यु 

ढाका । दुई ओटा रेल आपसमा जुध्दा बंगलादेशमा १६ जनाको मृत्यु भएको छ, ५० जनाभन्दा बढी घाइते भएका छन्। देशको पूर्वीक्षेत्रमा मङ्गलबार भएको यो दुुर्घटनामा ठूलो मानवीय हताहती भएक..

अयोध्या नगर विकास गर्न थाल्याे जोडजाड तयारी, यस्तो छ विकास गर्ने लक्ष्यहरू:
अयोध्या नगर विकास गर्न थाल्याे जोडजाड तयारी, यस्तो छ विकास गर्ने लक्ष्यहरू:

काठमाडौं ।  अयोध्यालाई विकास गर्न जोडजाड तयारी थालेको छ । भारतको सर्वोच्च अदालते रामको जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा हिन्दुहरूको पक्षमा फैसला सुनाए..

बुलबुल आँधीले जनजीवन प्रभावित, ३ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्याे
बुलबुल आँधीले जनजीवन प्रभावित, ३ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्याे

बङ्गलादेश । बुलबुल आँधीका कारण आइतबार चारको मृत्यु भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन्। करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार साढे ८ बजे पश्चिम बंगालबाट बङ्गलादेश..