‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’


नेपाल पाना प्रकाशित: २०७६-७-२ गते
‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फिर्ता भइसक्दा पनि विभिन्न संचारमा समाचारले प्राथमिकता पाइरहेको छ । 

नेपाली मिडियाले भ्रमणको लाइभदेखि दिनेदेखि सम्झौतालाई उच्च प्राथमिकता दिएका छन् । सी आउनेअघि नेपाली मिडियाले जति प्राथमिकता दिएका थिए त्यसको कयौं गुणाबढी फर्केपछि दिइको पाइन्छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई नेपालका राजनीतिक दलले पनि सकारात्मक सन्देश छोडेको बताएका छन् । तर अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले भने सीले चीन विरोधी गतिविधिबारे बोलेको भनाइलाई प्राथमिता दिएका छन् । सीको भ्रमणले एक हप्ता पार गर्न लाग्दा पनि अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सीले भ्रमणको बेला बोलेको उक्त भनाईलाई प्राथमिकता दिइरहेका छन् ।

राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाइदिने चेतावनी दिएको भन्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचार प्रकाशित गरिरहेका छन् । भेटमा सीले कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने’ बताएको समाचारमा बताइएको छ ।

चिनियाँ सरकारी समाचार संस्था ‘सिन्ह्वा’ले प्रकाशित गरेको समाचारलाई चिनियाँ र अन्य देशका संचारमाध्यमहरुले अहिलेसम्म पनि प्राथमिकता दिइरहेका छन् । समाचारमा सीले प्रधानमन्त्री ओलीसँग अत्यन्त कठोर भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएको पनि जनाएको छ ।

‘यदी चीनको कुनैपनि हिस्सालाई टुक्राउने कोशिश मात्र गरियो भने तिनको हड्डी धुलो बनाइनेछ । यस्तो प्रयास सफल होला भन्ने सोचेर समर्थन गर्ने बाह्य शक्तिको दिवा सपनामात्र हुनेछ” समाचारमा सीको भनाईलाई उदृत गरिएको छ ।

सीको उक्त भनाइलाई चिनियाँ संचारमाध्यमहरुले ”चीनको कुनै पनि भागमा अलगाववादी गतिविधिका प्रयास गर्ने जो कोहीलाई कुल्चिइनेछ र त्यस्ता प्रयासलाई समर्थन गर्ने कुनै पनि बाह्य शक्तिलाई चिनियाँहरूले पाइप–सपनाको रूपमा लिनेछन्” समाचारमा लेखेका छन् ।

समाचारमा सीले तिब्बतसँगै हङकङ र ताइवानलाई लिएर सो भनाई आएको बताइएको छ । भ्रमणको क्रममा दुईदेशबीच भएको सम्झौता भन्दा यो समाचारले प्राथमिकता पाएको छ ।


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..