आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै


नेपाल पाना प्रकाशित: २०७६-७-२ गते
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं । आज र भोलि भिटामिन ‘ए’ खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय कार्यक्रम बनाएर आज र भोली सो कार्यक्रम सञ्चालन हुँदैछ ।

मन्त्रालयका अनुसार ६ महिनादेखि पाँच बर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि ९अल्वान्डाजोल०, छ महीनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ ।

देशभरका ७५३ वटै पालिकाका बालबालिकालाई खुवाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीले जानकारी दिए । उनले ५२ हजार बुथमा बनाएको र सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन बताए ।

मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । कार्यक्रमका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक ४ सय रुपैयाँ भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ ।

सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए ।


कोरोना भाइरसले लियो ५ जना इरानीको ज्यान, २८ जनामा सङ्क्रमण
कोरोना भाइरसले लियो ५ जना इरानीको ज्यान, २८ जनामा सङ्क्रमण

काठमाडौं । इरानमा कोरोना भाइरसको सङ्क्रमणबाट ५ जनाको ज्यान गएको छ । अहिलेसम्म इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ। इरानमा १० जना नयाँ कोरोनाका बिरामी फेला..

स्वास्थ्यकर्मी आक्रोशित, खोप कार्यक्रम प्रभावित
स्वास्थ्यकर्मी आक्रोशित, खोप कार्यक्रम प्रभावित

सर्लाही । हरिपुर नगरपालिका अन्तर्गत रहेका ५ स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मचारीलाई नगरपालिकाले फिर्ता गरेको भन्दै स्वास्थ्यकर्मी आक्रोशित बनेका छन् । नगरपालिकाअन्..

कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे
कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे

काठमाडौं । कोरोना भाइरसको संकेत देखिएका ९ देशका विरामी निको भएका छन् ।  नेपालसहित ९ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका हुन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजि..

वृद्ध र बिरामीमा कोरोना भाइरस संक्रमणको बढी जोखिम
वृद्ध र बिरामीमा कोरोना भाइरस संक्रमणको बढी जोखिम

बेइजिङ । चीनमा महामारीका रूपमा देखिएको कोरोना भाइरसबारे गरिएको हालसम्मकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष चिनियाँ स्वास्थ्य अधिकारीले सार्वजनिक गरेका छन् । कोरोना भाइरस संक..