मेडिकल कलेजको छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइयो


नेपाल पाना प्रकाशित: २०७६-७-७ गते
मेडिकल कलेजको छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइयो

काठमाडौं । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक मेडिकल कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधानविपरीत बुधबार ७५ प्रतिशत छात्रवृत्तिका लागि आवेदन दिन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

सूचनामा ७५ प्रतिशत छात्रवृत्ति पाउने शिक्षण संस्था तीनवटा मात्र रहेको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयको महाराजगन्ज चिकित्सा क्याम्पस, पाटन स्वाथ्य विज्ञान प्रतिष्ठान ललितपुर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा मात्र विद्यार्थीले ७५ प्रतिशत छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

ऐनमा भने सरकारी, सामुदायिक वा सार्वजनिक सम्पत्तिको प्रयोग गरी स्थापना भएका सरकारी, सार्वजनिक, गुठी वा अन्य शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिएको छ । कान्तिपुर दैनिकबाट


बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड
बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड

काठमाडौं । बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड दिएको छ ।  देश संघीयतामा गइसके पनि बैदेशिक रोजगारीका अधिकाशं संयन्त्र केन्द्रिकृत हुदाँ सेवा ग्राहीले सहजत..

सर्वोच्चले रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण
सर्वोच्चले रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई भारतले सीमाना मिच्दा आफ्नो जमिनको रक्षा गर्न नसक्नुको कारण माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले शुक्रबार रिट..

अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान 
अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान 

इलाम । भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ । भारतले दसगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्..

चिकित्सा शिक्षामा शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन्
चिकित्सा शिक्षामा शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन्

काठमाडौं । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन् । अतिरिक्त शुल्क आतङ..