सामा चकेवाको चहल पहल शूरु, किन मनाइन्छ सामा चकेवा ? 


नेपालपाना प्रकाशित: २०७६-७-१३ गते
सामा चकेवाको चहल पहल शूरु, किन मनाइन्छ सामा चकेवा ? 

जनकपुरधाम । मिथिलाञ्चलमा सामा चकेवाको चहल पहल शूरु भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो। यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ। 

सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ।

मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन्। मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको मानिदै आएको छ ।

दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्ने विश्वास रहदै आएको छ ।


अयोध्या नगर विकास गर्न थाल्याे जोडजाड तयारी, यस्तो छ विकास गर्ने लक्ष्यहरू:
अयोध्या नगर विकास गर्न थाल्याे जोडजाड तयारी, यस्तो छ विकास गर्ने लक्ष्यहरू:

काठमाडौं ।  अयोध्यालाई विकास गर्न जोडजाड तयारी थालेको छ । भारतको सर्वोच्च अदालते रामको जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा हिन्दुहरूको पक्षमा फैसला सुनाए..

तुलसी–दामोदरको विवाह गरिने हरिबोधिनी एकादशी आज, काठमाडौं उपत्यकाका चार नारायणमा भव्य मेला लाग्दै
तुलसी–दामोदरको विवाह गरिने हरिबोधिनी एकादशी आज, काठमाडौं उपत्यकाका चार नारायणमा भव्य मेला लाग्दै

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिन शुक्रबार औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (वि..

तराईको छठ विशेष, अस्ताउँदो सूर्यलाई अर्घ्य : (तस्बिरमा तराईको छठ)
तराईको छठ विशेष, अस्ताउँदो सूर्यलाई अर्घ्य : (तस्बिरमा तराईको छठ)

काठमाडौं । मिथिलाञ्चलको प्रमुख पर्व छठको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन साँझ अस्ताउँदो सूर्यल..

आज छठ पर्वको मुख्य दिन, उपत्यकासहित मिथिलामा रौनक, अस्ताउँदो सूर्यको अर्घ दिइँदै, धार्मिक मान्यता के छ ?
आज छठ पर्वको मुख्य दिन, उपत्यकासहित मिथिलामा रौनक, अस्ताउँदो सूर्यको अर्घ दिइँदै, धार्मिक मान्यता के छ ?

काठमाडौं । आज छठ पर्वको तेस्रो दिन काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोल..