जम्मु–कश्मीरमा आतंकवादीले गरे प्रवासी मजदूरको हत्या


नेपालपाना प्रकाशित: २०७६-७-१३ गते
जम्मु–कश्मीरमा आतंकवादीले गरे प्रवासी मजदूरको हत्या

एजेन्सी । जम्मु–कश्मीरमा आतंकवादीहरूले पाँचजना प्रवासी मजदूरको हत्या गरेका छन् । शान्तिपूर्ण वातावरण हेर्न २३ जना युरोपेलीहरू पुगेकै दिन आतंकवादीहरूले हत्या गरेका हुन् ।

दक्षिण कश्मीरको कुलगाम जिल्लास्थित कठरासू गाउँमा आतंकवादीहरूले घटना गराएका हुन् । केही दिनयता आतंकवादीहरूले प्रवासी मजदूर, ट्रक ड्राइभर र व्यापारीहरूलाई तारो बनाउँदै आक्रमण गरिरहेका छन् ।

आधिकारिक सूत्रहरूका अनुसार, आतंकवादीहरूले ६ जना मजदूरलाई अपहरण गरेका थिए र लाइनमा उभ्याएर गोलीले भुटे । तीमध्ये पाँचजनाको मृत्यु भयो र जहरुद्दीन नामक मजदूर नराम्ररी घाइते भए । उनलाई श्रीनगर अस्पतालमा भर्ना गरिएको छ ।

आतंकवादीहरूले ६ दिनअघि शोपियाँमा दुईजना ट्रक ड्राइभरहरूलाई गोली हानेर हत्या गरेका थिए । त्यसअघि पनि उनीहरूले मजदूरहरूको हत्या गर्ने गरेका थिए ।


अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ
अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको अध्यागमनले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।  एक वर्षको मल्टीपल भिषा पाएका उनीहरू तीन महिनाको पहिलो बसाइँ सकिएपछि भिषा थप्न नजिकको गन्त..

इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'
इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमेनीले इजरायललाई समाप्त पारिदिने चेतावनी दिएका छन् ।  मध्यपूर्वमा अमेरिकी प्रतिनिधीजस्तै रहेको इजरायलको अन्त्यलाई यहुदी..

इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प
इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प

काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको..

जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति
जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति

पाकिस्तान । भष्ट्राचार आरोपमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान नेतृत्वको सरकारले उपचारका लागि विदेश जान अनुमति दिएको छ । पाकिस्तानी क्याबिन..