चिलीमा जारी विरोध प्रदर्शनका क्रममा २० जनाको मृत्यु


नेपालपाना प्रकाशित: २०७६-७-१३ गते
चिलीमा जारी विरोध प्रदर्शनका क्रममा २० जनाको मृत्यु

सान्टियागो । चिलीमा जारी विरोध प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ ।

गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा २० जनाको मृत्यु, ४ सय ७३ जना घाइते भएका त्यहाँको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस विरोध प्रदर्शनको क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् । उक्त समयावधिमा ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बस क्षतिग्रस्त भएको छ । कर्फ्यु लगाइएको यस अवस्थामा ७ हजार १६६ जनालाई पक्राउ गरिएको र २ हजार ३७ जनालाई कारागार चलान गरिएको छ ।

गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गरेका थिए। तर पनि प्रदर्शन अझै रोकिएको छैन । सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन शुरु गरेका थिए ।


दुई विमान एक आपसमा ठोक्किँयो, यस्तो छ दुःखद् अवस्था
दुई विमान एक आपसमा ठोक्किँयो, यस्तो छ दुःखद् अवस्था

अस्ट्रेलिया । मेलबर्न शहरबाट उत्तरतर्फ ग्रामिण क्षेत्रमा दुई साना विमान एक आपसमा ठोक्किँएको छ ।  दुई विमान एक आपसमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार दु..

गिर्जाघरमा बन्दुकधारी समुहद्धारा आक्रमण, २४ जना मारिए
गिर्जाघरमा बन्दुकधारी समुहद्धारा आक्रमण, २४ जना मारिए

वागाडुगू । बन्दुकधारीको समूहले गरेको आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् ।  अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक प्रोटेष्टेन्ट गिर्जाघर नजिक बन्दुकधारीको समूहले गरेक..

मसूद अजहर बेपत्ता भएको भ्रम फैलायो पाकिस्तान, एफएटीएफको कारवाहीबाट बच्न नाटक गर्दै गरेको खुलासा !
मसूद अजहर बेपत्ता भएको भ्रम फैलायो पाकिस्तान, एफएटीएफको कारवाहीबाट बच्न नाटक गर्दै गरेको खुलासा !

काठमाडौं । पाकिस्तानले कार्रवाहीबाट बच्न नाटक गर्दै गरेको खुलासा भएको छ । केहि दिन अघि आतंकी संगठन जैश-ए-मोहम्मदको सरगना मसूद अजहर र उनका परिवार लापता भएको जानकारी गलत साबि..

मोदीलाई भेट्न ट्रम्प भारत आउँदै, पाकिस्तानलाई अर्को धक्का !
मोदीलाई भेट्न ट्रम्प भारत आउँदै, पाकिस्तानलाई अर्को धक्का !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउने भएका छन्। यही फेब्रुअरी महिनाको २४ र २५ तारिखमा ट्रम्प भारत भ्रमणमा रहनेछन्।  भ्रमणका क्रममा भारत र अमेरिकाबीच व्या..