पाकिस्तानमा हिन्दुपछि अहमादी अल्पसंख्यकमाथि खनिए इमरान खान, ७० बर्ष पुरानो पुजास्थल भत्काइयो 


नेपालपाना प्रकाशित: २०७६-७-१३ गते
पाकिस्तानमा हिन्दुपछि अहमादी अल्पसंख्यकमाथि खनिए इमरान खान, ७० बर्ष पुरानो पुजास्थल भत्काइयो 

काठमाडौं । पाकिस्तानले त्यहाँका अल्पसंख्यक अहमादिहरुको ७० बर्ष पुरानो पुजा गर्ने स्थान भत्काईदिएको छ । पञ्जाब प्रान्तका सरकारी अधिकारीहरुले अहमादीहरुको पुजास्थल भत्काईदिएका हन् ।

लाहोरबाट ४०० किलोमिटर पर रहेको पुजास्थल सरकारी अधिकारीहरुले ध्वस्त पारिदिएको अहमादी समुदायका प्रवक्ता सलिमदुद्दिनले बताए । उनका अनुसार सो पुजास्थल पाकिस्तानको बहवालपुर जिल्लाको हसिलपुर जिल्लामा रहेको थियो । 

“पञ्जाब प्रान्तका सहायक कमिस्नरले बल्दिया कामदारहरुसँग मिलेर ७० बर्ष पुरानो पुजास्थल भत्काईदिएका छन्, कुनै जानकारी नै नदिई सरकारी अधिकारीहरुले भवनलाई टुक्रा–टुक्रा पारिदिए,” सलिमदुद्दिनले भने । उनका अनुसार यो पुजास्थल समुदायकै स्वामित्वमा बनाइएको थियो । 

पुजास्थल भत्काइरहेको दृश्य खिचेका एकजना अहमादी युवालाई पनि प्रधानमन्त्री इमरान खानको सरकारले गिरफ्तार गरी झुठो मुद्दा चलाएको छ । सत्तारुढ तेहरिक–ए–इन्साफका नेता इमरान खानले आफुलाई धार्मिक सहिष्णुता पक्षधर बताउने गरेका छन् ।

एकजना अहमादी कार्यकर्ता नमतुल्ला नमाजले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लक्षित गर्दै ट्वीटरमा लेखेका छन्–“पाकिस्तान सरकारले पुजास्थल भत्काएर शर्मनाक काम गरेको छ, तिम्रो नयाँ पाकिस्तान कहाँ छ ? के नयाँ पाकिस्तान यही हो, तिमीलाई धिक्कार छ इमरान !” 

पाकिस्तानमा मुस्लिम अतिवादीहरुले अहमादीहरुलाई धर्मको झुठो शिक्षक बताउँदै बारम्बार आक्रमण गर्ने गरेका छन् । गत बर्ष अमेरिकामा पढेका अर्थविद् अतिफ मियानलाई अहमादी समुदायसँग सम्बन्धित रहेको भन्दै पाकिस्तान सरकराले आर्थिक सल्लाहाकार परिषदबाट हटाएको थियो । 

सन् १९७४ मा पाकिस्तानको संसदले अल्पसंख्यक अहमादी समुदायलाई गैह्र–मुस्लिम घोषणा गरेको थियो । त्यसको एक दशकपछि अहमादीहले आफुलाई मुस्लिम भन्न नपाउने गरी प्रतिबन्ध समेत लगाइएको थियो । आफ्नो धर्म प्रचार गर्न र साउदी अरेबियामा धार्मिक तीर्थयात्रा गर्न पनि पाकिस्तानी अहमादीहरुलाई इस्लामाबादले प्रतिबन्ध लगाएको थियो ।

कूल २२ करोड जनसंख्यामध्ये पाकिस्तानमा करिब १ करोड गैह्र मुस्लिमहरु बसोबास गर्ने गर्छन् । सन् २०१७ को तथ्यांकअनुसार यी मध्ये हिन्दुहरुको जनसंख्या झन्डै ५० लाख हाराहारीमा छ । इसाई धर्म मान्नेहरुको संख्या करिब ४५ लाख छ । सिन्ध प्रान्तको शहरी भूभाग, पञ्जाब र बलुचिस्तानमा अल्पसंख्यकहरुको अधिक बसोबास रहेको छ ।

यो पनि पढ्नुहोस-

पाकिस्तानमा हिन्दुहरूमाथि अत्याचार भईरहँदा कतिञ्जेल आँखा चिम्लने ?

पाकिस्तानमा हिन्दुहरूमाथि आततायी दमन बढ्यो, दुई किशोरीको अपहरण गरि जबर्जस्ती 'निकाह'

ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

ईश्वर-निन्दाको आरोपमा हिन्दुहरुमाथि अत्याचार गर्दै पाकिस्तान, सिन्धमा ब्यापक दमन 

हिन्दु युवतीको हत्या गरेपछि पाकिस्तानमा विरोध प्रदर्शन शुरु 


विमानस्थलमा मुस्लिमहरुको ‘प्रोफाइलिङ’ गर्न रायनएयरका सिईओको आग्रह
विमानस्थलमा मुस्लिमहरुको ‘प्रोफाइलिङ’ गर्न रायनएयरका सिईओको आग्रह

वासिङ्टन । अमेरिकाको विमानस्थलमा मुस्लिमहरुको ‘प्रोफाइलिङ’ हुने भएको छ ।  यसअघि रायनएयरका प्रमुख कार्यकारी अधिकृत माइकल ओलिएरीले विमानस्थलमा मुस्लिमहरुको &..

बलिउड सुपरस्टार सलमान खानलाई मार्न सुपारी लिएका गुण्डा नाइके पक्राउ
बलिउड सुपरस्टार सलमान खानलाई मार्न सुपारी लिएका गुण्डा नाइके पक्राउ

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका राजस्थानका कुख्यात शुटर ‘गुण्डा नाइके’ भुरा भनिने रवि मलिक पक्राउ परेका छन् । रविले सन् २०१८ म..

बालकको स्कुलमा भएको बुलीको भिडियो विश्वव्यापी रुपमा भाइरल
बालकको स्कुलमा भएको बुलीको भिडियो विश्वव्यापी रुपमा भाइरल

अस्ट्रेलिया । ९ वर्षका बालकमाथि शारीरिक अवस्थालाई लिएर स्कूलमा भएको बुली (एक प्रकारको डराउने रोग) भिडियो विश्वव्यापी रुपमा भाइरल भएको छ । बुलीका कारण क्वाइडन बेयल्सको मानसि..

पाकिस्तानविरुद्ध भारतको करारा जवाब, ५ जना पाकिस्तानी सैनिकको मृत्यु
पाकिस्तानविरुद्ध भारतको करारा जवाब, ५ जना पाकिस्तानी सैनिकको मृत्यु

श्रीनगर। लगातार संघर्ष विरामको उल्लंघन गर्दै  सीमामा पाकिस्तानका आतंकिहरु नापाक हरकत रोकिएको छैन । तर भारतीय सेना पाकिस्तानको यस्तो सोचलाई नेस्तनाबूत गर्नमा जुटिरहेको..