आजबाट छठ सुरु, चारदिनसम्म धुमधामका साथ मनाइँदै


नेपालपाना प्रकाशित: २०७६-७-१४ गते
आजबाट छठ सुरु, चारदिनसम्म धुमधामका साथ मनाइँदै

जनकपुरधाम । मिथिला क्षेत्र र देशभर आजदेखि चारदिवसीय छठ पर्व धुमधामका साथ मनाउन शुरु गरिएको छ । 

विधिवत रुपमा छठको पहिलो दिन आज ब्रतालुले नुहाएर अरबा अरबाइन  भोजन गर्ने गर्नेछन् भने भोली (शुक्रबार) बेलुकी प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर सेवन गरी खरना गर्नेछन्।

तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने र चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुनेछ।

यो वर्ष छठ पर्वको मुख्य दिन शनिबार परेको छ। शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यको अर्घ दिएर छठ पर्व सम्पन्न हुन्छ। छठमा बाँसको ढाकी, डग्री, माटोको कोसिया, कुरबार, हाती लगायतको सामग्रीहरू चढाइन्छ।

यसैगरी प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवम् विविध प्रकारका मिठाई तथा फलफूल दिनानाथलाई चढाउने गरिन्छ। अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन्।

छठमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ। 

मधेशवासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन्। छठपर्वको पूजा सामग्री जोरजाम र किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ। त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, इनार लगायतको जलासयको किनारमा घाटलाई श्रृँगारिने काम भइरहेको छ। 

खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाउने कार्य जारी छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ। छठ पर्वलाई समाजिक सद्भाव एवम् एकताको पर्वको रुपमा पनि लिइन्छ। पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।


१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण
१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा गल्फर सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फबाट दोहोरो स्वर्ण जितेका छन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित
५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । खेलमा नेपालका गोपीचन्द्र पार्कीले..

प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...
प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...

चितवन । चिकित्सा शिक्षा शास्त्रको प्रथम बर्षको परीक्षा चलिरहेको बेला छात्राबास भित्रै प्रवेश गरेर प्रहीले विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेको छ । चितवन मेडिकल कलेजका विद्यार्..