पाकिस्तानमा सत्तापलटको तयारी पुरा भएकै हो ? मौलानामार्फत यसरी खेल्दैछ सेना !


नेपालपाना प्रकाशित: २०७६-७-१४ गते
पाकिस्तानमा सत्तापलटको तयारी पुरा भएकै हो ? मौलानामार्फत यसरी खेल्दैछ सेना !

काठमाडौं । आर्थिक अवस्था थप खराब हुँदै जानु र कश्मीर मामिलामा कमजोर देखिएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान सत्ताच्युत हुने खतरा बढेको छ । 

अझैसम्म सत्ताको हर्ताकर्ता रहेको सेनाका जनरल कमर बाजवाले जतिसुकै बेला पाकिस्तानी सत्ताको चाबी हातमा लिन सक्ने विश्लेषण गर्न थालिएको छ ।

जमाते इस्लामी नामक मुस्लिम संगठनका नेता मौलाना फज्लुर रहमनले हिजो बुधबार आजादी -याली निकालेका छन् । पाकिस्तानी सेनाकै निर्देशनमा मौलानाले सो -याली निकालेको र सो कामका लागि ४५ लाख पाकिस्तानी रुपया समेत दिइएको दक्षिण एसियाका गुप्तचर स्रोतहरुको दाबी छ । 

यसैबीच पाकिस्तानी सेनाले आफ्नो १११औं ब्रिगेडको छुट्टी समेत रद्द गरिदिएको छ । पाकिस्तानी सेनाको १११औ ब्रिगेड त्यही हो, जसले इस्लामाबादमा यसअघि भएका तख्तापलटमा महत्वपूर्ण भूमीका निभाएको थियो । पाकिस्तानमा यसअघि जति पनि तख्तापलट भएका छन्, त्यसमा सेनाको १११औं ब्रिगेडले नेतृत्व लिने गरेको थियो ।

यतिखेर प्रधानमन्त्री इमरान खानले निकै मुस्किल अवस्थाको सामना गरिरहेका छन् । महंगीले चरम सिमा पार गरेको छ र पाकिस्तानको आर्थिक बृद्धिदर ६ प्रतिशतबाट घटेर ३ प्रतिशतमा सिमित भएको छ । नागरिकले निकै तनाव ब्यहोरिरहेका छन् ।

मुख्य सहयोगी चीनले पनि चीन पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) मा थप लगानी गर्न नसक्ने जनाउँदै सहायताको हात पछाडि सारेको छ । अहिलेसम्म चीनले सो कोरिडोर निर्माणमा जम्माजम्मी २२ बिलियन अमेरिकी डलर मात्र खर्च गरेको छ ।

उल्टै, सो कोरिडोर २३ बर्षका लागि लिजमा दिन पाकिस्तानमाथि दबाब थोपरेको छ । चीनको पछिल्लो प्रस्तावले पनि इमरान खानमाथि थप मुस्किल अवस्था पैदा गरेको छ । 

यी समस्याहरुको सबै दोष इमरानमाथि नै लाद्न पाकिस्तानी सेनाप्रमुख बाजवा लागिपरेको अड्कल गरिँदैछ । यसैलाई पटाक्षेप गर्दै सेनाले मौलानामार्फत इमरानलाई सत्ताच्युत गराउन गोडी चालेको विश्लेषण गरिएका छन् । 

मीयत–उल–इस्लाम पाकिस्तान (फ़ज़लुर्रहमान गुट) पाकिस्तानको एक विपक्षी पार्टी तथा सबैभन्दा ठूलो धार्मिक गुटमध्येको एक हो । मौलानाले निकालेको आजादी -यालीको मुख्य उद्देश्य प्रधानमन्त्री खानले लिएका नीतिहरुको विरोध गर्ने र उनलाई राजीनामा गर्न बाध्य तुल्याउनु हो  

यसअघि अक्टोबर २ तारिखका दिन सेनाप्रमुख बाजवाले देशका व्यापारीहरुको समूहसँग बैठक गरेका थिए । उनीसँग पाकिस्तानी सेना प्रमुखले देशको खराब अवस्थाबारे चर्चा समेत गरेका थिए । यो छलफलबारे पाकिस्तानी सेनाले प्रधानमन्त्री खानलाई कुनै जानकारी समेत दिएको थिएन ।


अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ
अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको अध्यागमनले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।  एक वर्षको मल्टीपल भिषा पाएका उनीहरू तीन महिनाको पहिलो बसाइँ सकिएपछि भिषा थप्न नजिकको गन्त..

इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'
इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमेनीले इजरायललाई समाप्त पारिदिने चेतावनी दिएका छन् ।  मध्यपूर्वमा अमेरिकी प्रतिनिधीजस्तै रहेको इजरायलको अन्त्यलाई यहुदी..

इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प
इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प

काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको..

जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति
जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति

पाकिस्तान । भष्ट्राचार आरोपमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान नेतृत्वको सरकारले उपचारका लागि विदेश जान अनुमति दिएको छ । पाकिस्तानी क्याबिन..